Comments Add Comment

आश्मालाई संयम–सलोनले बोक्दा दर्शक आउँलान् ?

aavash-first-look
प्रदर्शनका लागि २४ दिनमात्र बाँकी रहँदा चलचित्र ‘आभाष’को पोष्टर सार्वजनिक गरिएको छ । प्रचारप्रसारका लागि ढिलो भएको गुनासो पनि यही टिमसँग आबद्ध केही चलचित्रकर्मीहरुले गरेका छन् ।

चलचित्रको फष्टलुकमा संयम पुरी, सलोन बस्नेत, आश्मा डीसी, निशा अधिकारी छन् । प्रकृती श्रेष्ठ र सुनिल रावलको पनि चलचित्रमा अभिनय छ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माण गरेको चलचित्रले यूवापुस्ताको मनको भाव बोलेको छ । भोली संझेर डराउनु भन्दा पनि बर्तमानमा बाँच्नु पर्छ भन्ने मुख्य भाव चलचित्रले बोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment