Comments Add Comment

सावधान, भान्साको चपिङ बोर्डमा हुन्छन् ट्वाइलेटमा भन्दा दुइ सय गुणा बढि ब्याक्टेरिया

cutting board v
भान्सामा तरकारी काट्ने काठ वा प्लास्टिकको चपिङ बोर्डमा ट्वाइलेटमा भन्दा २ सय गुणा बढि ब्याक्टेरिया हुने भयानक तथ्य पछिल्लो अध्ययनले देखाएको छ । भान्सामा सबैभन्दा बढि छोइने तथा प्रयोगमा आउने चपिङ बोर्डमा दिसापिसाबमा पाइने इ कोली लगायतका अधिकांस जिवाणु रहने गरेको अध्ययनको निष्कर्ष छ ।
ग्लोबल हाइजिन काउन्सिलको संयोजनमा भएको अध्ययनले फुट प्वाइजनिङ मध्ये ४० प्रतिशत घटना भान्सामा सफाइको कमीले गर्दा हुने तथ्य समेत देखाएको छ ।
सबै मानिसले घरमा सबैभन्दा फोहोर ठाउँको रुपमा ट्वाइलेटलाई नै लिने र ट्वाइलेटमा विभिन्न खाले जिवाणु नष्ट गर्ने पदार्थ हालेर सफा गर्ने तर चपिङ बोर्डजस्ता धेरै प्रयोगमा आउने वस्तुहरुको सफाइमा खासै ध्यान नदिने गरेको काउन्सिलकी डाक्टर लिसा एकेर्ली बताउँछिन् ।
तर आफ्नो अध्ययनले ट्वाइलेटमा भन्दा भान्साकोठामा सबैभन्दा खतरनाक ब्याक्टेरिया फस्टाउने गरेको देखाएको उनको भनाइ छ । यसरी भान्सामा खतरनाक ब्याक्टेरिया मौलाउनुको मुख्य कारण काँचो मासु, काँचो तरकारी तथा अण्डा रहेको उनको भनाइ छ ।
काँचो मासु, काँचो तरकारी तथा अण्डामा इ कोली, साल्मोनेला तथा क्याम्फिलोब्याक्टर जस्ता जिवाणु पाइन्छ । ६० प्रतिशत कुखुराकेा काँचो मासुमा खतरनाक क्याम्पिmनोब्याक्टर जिवाणु पाइन्छ । यो ब्याक्टेरिया फुट प्वाइजनिङको मुख्य कारक तत्व हो ।

chopping board 2
मासु तथा तरकारी पकाउनु अघि चपिङ बोर्ड अर्थात् काठको टुक्रामा काटेर टुक्रा पार्ने गरिन्छ र त्यसरी प्रयोग गरेका चपिङ बोर्ड खासै राम्रोसँग सफा नगरिकनै राखिन्छ र फेरि प्रयोग गरिन्छ ।
त्यस्तै दिसामा समेत पाइने इ कोली ब्याक्टेरिया भान्सामा छिर्ने मुख्य श्रोत भनेको काँचो लसुनप्याज तथा आलु हो । जसमा माटोमुनि रहँदा ब्याक्टेरिया संक्रमित हुन्छ ।
तरकारी पखाल्दा हातमा जिवाणु सर्ने भएकाले खाना पकाएपछि राम्रोसँग हात नधुँदा ती जिवाणु खाना खाँदा जिउभित्र जाने वा हात पुछ्दा टावेलमा सरेर त्यसले समेत थप संक्रमण गराउने गर्दछ । भान्सामा राखिने टावेलमा समेत उच्च मात्रामा खतरनाक ब्याक्टेरिया पाइने र त्यसलाई बेलाबेलामा राम्ररी सफा नगर्दा संक्रामक रोग फैलिने खतरा हुने विज्ञहरुको भनाइ छ । भान्सामा राखिने टावेल जस्ता कपडा मध्ये कम्तीमा ७५ प्रतिशतमा इ कोली ब्याक्टेरिया पाइएको छ ।
शोधकर्ताहरुका अनुसार भान्सामा प्रयोग हुने सामानहरुमा खतरनाक ब्याक्टेरियाको संख्या निकै उच्च हुने र सामानहरुलाई ब्याक्टेरिया मार्ने चिजको प्रयोग गरी सफा नगरेमा रोगको खतरा बढ्ने हुँदा चपिङ बोर्ड, टावेल तथा चक्कु जस्ता चिजलाई डेटोल पानीले नियमित रुपमा सफा गरिरहनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment