Comments Add Comment

प्रचण्डको प्रश्न-ओली देशका ठेकेदार कि महाराज ?

Prachanda-Speaks-to-Media-after-PDCC-Meeting

६ पुस, काठमाडौं । बालुबाटार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्तुतिबाट बिच्किएर हिँडेका एमाओवादी अध्यक्ष प्रचण्ड ओलीप्रति आक्रामक बनेका छन् ।

आइतबार अपरान्ह संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग १९ दलीय मोर्चाको तर्फबाट छलफल गरेलगत्तै पत्रकारहरुसँगप्रचण्डले ‘को हुन् ओली ? भन्दै प्रश्न गरेका छन् ।

दुई चार सिट बढी आयो र पार्टी अध्यक्ष भयो भन्दैमा ओलीले आफूलाई महाराज र अरुलाई रैती जस्तो व्यवहार देखाएको भन्दै उनले भने-‘उनी यो देशको ठेकदार पनि होइनन महाराज पनि होइनन् ।’

यो पनि पढ्नुस्: सडक आन्दोलन चर्काउने प्रचण्ड गठवन्धनको निर्णय

उनले ओलीले सहमतिको वातावरण बिगारेको बताए । प्रचण्डले सहमति नभए संविधान माघ ८ मा बन्न नसक्ने भन्दै प्रक्रियामा जान कांग्रेस-एमालेलाई चुनौति समेत दिएका छन् ।

शनिबार बालुवाटार बैठकमा ओलीले पहिचानसहितको संघीयता भन्नेहरुलाई विखण्डनकारी भनेका थिए । ओलीले सहमतिका आन्दोलनको मोर्चा विघटन गर्नु पर्ने, पहिचानको कुरा गर्नै नहुने जस्तो कुरा गरेपछि आफूहरु बैठक छाडेर हिडेको प्रचण्डले सुनाए ।

वार्ता नगर्ने भनेका छैनौं

एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग अब वार्ता नै नगर्ने नभनेको बताए ।

तर, ओलीलाई प्रधानमन्त्री सुशील कोइरालाले रोक्नु पर्ने बताए । उनले भने-‘महाराजधिराज मै हुँ । अरु रैति भए भन्ने मानसिकतासँग झुक्न सकिँदैन ।’

विशेष संयन्त्र बन्न सक्दैन : बाबुराम

संविधानसभा अध्यक्षलाई भेटेपछि सम्वाद समितिका सभापति एवं माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले विवादित विषय आफ्नो समितिलाई नै जिम्मा दिन माग गरेका छन् ।

संविधानसभामा भएको छलफलमा कांग्रेस एमालेका सभासदहरुले भने जस्तो छुट्टै संयन्त्र बन्न नसक्ने उनको दाबी थियो । उनले भने-‘संविधानसभामा विषेश संयन्त्र बनाउने र त्यसलाई विवादित विषय जिम्मा लगाउने भनिँदैछ । तर, नियमावलीमा त्यस्तो व्यवस्था छैन ।’

यो पनि पढ्नुस्: १९ दलको धम्कीबाट डराउन्नौं : झलनाथ

भेटमा प्रचण्ड नेतृत्वको १९ दलले सहमतिकै आधारमा संविधान जारी गर्नु पर्ने आफूहरुको धारणा सुनाएका छन् । साथै विवादित विषय सहमतिका लागि फेरि सम्वाद समितिमा नै पठाउन समेत सभाध्यक्ष नेम्वाङलाई आग्रह गरेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment