+
+
Shares

सिड्नीमा परराष्ट्रमन्त्री खनाल र न्यु साउथ वेल्सका प्रिमियर मिन्सबीच भेटवार्ता

अस्ट्रेलियास्थित न्यु साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते २०:२८

२२ असोज, काठमाडौं । अस्ट्रेलियास्थित न्यु साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै आएको विनाशकारी बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि न्यु साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताए।

परराष्ट्रमन्त्री खनालले विपद्का कारण प्रभावित नेपालीप्रति देखाएको सहानुभूति, ऐक्यबद्धता र सहयोगका लागि न्यु साउथ वेल्सका जनता, नेपाली डायस्पोरा तथा त्यहाँका विभिन्न समुदायप्रति हार्दिक आभार व्यक्त गरे।

मन्त्री खनालले विपद्पछि सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी तथा उद्धारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराए।

भेटवार्तामा नेपाल र न्यु साउथ वेल्सबीच व्यापार, ऊर्जा, खानी, पूर्वाधार तथा प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो।

त्यसैगरी नेपाल र न्यु साउथ वेल्सका उच्च शिक्षण संस्थाबीच सहकार्य तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?