Comments Add Comment

चितवनमा पहिलोपटक मुटुको सफल शल्यक्रिया

७ पुस, चितवन । कलेज अफ मेडिकल साइन्सेस भरतपुर चितवनले पहिलोपटक मुटुको सफल शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरेको छ । राजधानी बाहिरको अस्पतालमा पहिलोपटक ओपन हार्ट सर्जरी गरेको कलेजका निर्देशक डाक्टर भि.नटराजप्रसादले दाबी गरे ।

बारा कलैयाका ३५ वर्षीय सत्यनारायण रामको मुटुमा परेको प्वालको ओपन हार्ट सर्जरी गरेको डा नटराजले जानकारी दिए ।

करिब तीन लाख रुपैयाँ खर्च लाग्ने भए पनि सत्यनारायणको शल्यक्रिया कलेजले निःशुल्क गरेको छ ।

‘विभिन्न अस्पतालमा उपचार गर्दा दुई लाख रुपैयाँ खर्च भैसकेको थियो, पैसा नभएर समस्या परिरहेकोबेला निःशुल्क शल्यक्रिया गरिदिएकोले नयाँ जीवन पाएँ,’ सोमबार डिस्चार्ज हुने तयारीमा रहेका सत्यनारायणले भने ।

उनको जन्मैदेखि मुटुमा तीन सेन्टिमिटरको प्वाल थियो ।

कलेजका प्राध्यापक डी. जयपाल रेड्डीको नेतृत्वमा डा. दिनेश चापागाईं, डा. कौशल तिवारी, डा. सन्तोष शाह, प्राध्यापक पिसी माझी, डा. राजेश यादवसहितको टोलीले शल्यक्रिया गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment