Comments Add Comment

जोभीको वा’लोन डिओरमा परेनन् रोनाल्डो

Ronaldo

९ पुस, काठमाडौं । रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डो फिफा बालोन डि’ओरको प्रमुख दावेदार हुन् । तर, स्पेनिस मिडफिल्डर जाभीको छनोट चल्ने हो भने रोनाल्डो अन्तिम तीनको सूचीमै पर्ने थिएनन् ।

जाभीलाई यदि स्पेनको कप्तान भएको भए कसलाई भोट दिने थियौं भनि प्रश्न सोधिएको थियो । ३४ वर्षका जाभीको पहिलो रोजाइमा परे बार्सिलोनाका टिममेट लिओनल मेस्सी । त्यसपछि उनले फिलिप लाहम र जाभियर मास्चेरानोलाई छनोट गरे ।

उनले छनोट गरेका लाहम र मास्चेरानो बालोन डि’ओरको अन्ति तीनमा छैनन् । सन् २०१४ को बालोन डि’ओरका लागि मेस्सी र रोनाल्डोसँगै जर्मन गोलरक्षक नुयुर अन्तिम तीनको प्रतिस्पर्धामा छन् ।

जाभीले किन रोजेनन् त रोनाल्डो भन्ने प्रश्नमा उनले भनेका छन्-‘रोनाल्डोले वर्ल्डकपमा खासै गर्न सकेनन् । यो वर्ष वर्ल्डकपको वर्ष हो ।’

यो सिजन रोनाल्डो निकै फर्ममा छन् । तर, जाभी भने मेस्सी उत्कृष्ट फुटबलर भएको मान्छन् । मेस्सी ला लिगा र च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । तर, रोनाल्डोले रियललाई सन् २०१४ मा मात्र चार उपाधि दिलाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment