१३ पुस, काठमाडौं । १६२ जना चढेको इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको छ ।
विमान जाभा सागरमा खसेको आशंका गरिएको छ । आइतबार दिनभर खोजी गर्दा पनि विमान भेटिएको छैन ।
इण्डोनेसिया र सिंगापुरको फौजी विमान खोजीमा जुटेको थियो । तर, अबरसम्म पनि नभेटिएपनि रात परेका कारण विमानको खोजी स्थगित भएको छ ।
सुरबयाबाट सिंगापुरका लागि उडेको एयर एसिया इन्डोनेसियाको QZ ८५०१ विमान केहीबेरमा नै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको थियो ।
AirAsia Indonesia regrets to confirm that QZ8501 from Surabaya to Singapore has lost contact at 07:24hrs this morning http://t.co/WomRQuzcPO
— AirAsia (@AirAsia) December 28, 2014
विमानमा चालक दलका सात सदस्यसहित १६२ जना थिए ।
विमानमा यात्रु नेपाली छैनन्
हराइरहेको विमान नेपाली यात्रु नभएको प्रष्टि भएको छ । एयर एसियाले फेसबुकबाट सार्वजनिक गरेको यात्रु सूचीमा नेपाली छैनन् ।
१५६ इन्डोनेसियाली, तीन दक्षिण कोरियाली तथा फ्रान्स, मलेसिया र सिंगापुरका एक-एक नागरिक छन् । जसमा १६ बच्चा र ७ जना चालक दलका सदस्य छ्न् ।
बीबीसीका अनुसार कालीमान्टान र जाभा आइसल्याण्ड बीचमा पर्ने जाभा समुन्द्रमाथि पुगेपछि विमानको सम्पर्क टुटेको यातायात मन्त्री हादी मास्तोबाले जनाएका छन् ।
एयर कन्ट्रोलसँग सम्पर्क टुट्नु अघि चालक दलका सदस्यले वादलका कारण मौसम खराव रहेको भन्दै अर्को रुटबारे सोधेको समेत उनले बताएका छन् ।
यो वर्ष मलेसियाको मलेसियन एयरलाइन्सको दुई विमान दुर्घटनामा परिसकेको छ । गत मार्चमा २३९ यात्रुसहित जाकार्ताबाट बेइजिङका लागि उडेको विमान अझै भेटिएको छैन । मलेसियन एयरले सबैको मृत्यु भएको घोषणा गरिसकेको छ ।
जुलाइमा मलेसियन एयरकै अर्को विमान युक्रेनमा दुर्घटना भयो, जसमा २९८ जनाले ज्यान गुमाए । विमानमा क्रिमियाका पृथकतावादीले आक्रमण गरेको बताएपनि पुष्टि भएको छैन ।
प्रतिक्रिया 4