News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा नेसनल बास्केटबल लिग मा सोलो बास्केटबलले लगातार दोस्रो जित हासिल गरेको छ ।
- सोलोले रोएल स्पोर्ट्स सेन्ट्रललाई ७९-६९ ले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।
- प्लेबक्स एरेनाले कीर्तिपुरलाई ८५-८१ ले पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।
२९ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा सोलो बास्केटबल र प्लेबक्स एरेना विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारै साँझ सम्पन्न खेलमा सोलो बास्केटबलले रोएल स्पोर्ट्स सेन्ट्रललाई ७९-६९ ले पराजित गर्दै दोस्रो जित हासिल गरेको छ ।
सोलोले पहिलो क्वाटरमा २४-१३ र दोस्रो क्वाटरमा १४-१० को अग्रता लिँदै हाफटाइमसम्म ३८-२३ को अग्रता बनाएको थियो । रोएल्सले तेस्रो क्वाटर २५-१९ ले आफ्नो पक्षमा पार्दे दूरी घटाउने प्रयास गरेको थियो । तर चौथो क्वाटर सोलोले २२-२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
सोलोको यो लगातार दोस्रो जित हो । यसअघि सोलोले पहिलो खेलमा प्लेबक्स एरेनालाई पराजित गरेको थियो । सोलोका प्रगुन महर्जनले सर्वाधिक २६ अंक जोडे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
रोएल्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा रोएल्स कीर्तिपुरसँग पराजित भएको थियो ।
शुक्रबार राती सम्पन्न अर्को खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई पराजित गर्दे पहिलो जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा प्लेबक्सले कीर्तिपुरलाई ८५-८१ ले पराजित गरेको हो ।
कीर्तिपुरको यो पहिलो हार हो । कीर्तिपुरले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4