Comments Add Comment

सुरक्षा खतरा भन्दै पक्राउ परेका सीके राउत छुटे

फाइल फोटो
फाइल फोटो

१३ पुस, जलेश्वर । आइतबार दिउँसो महोत्तरीबाट पक्राउ परेका सीके राउत साँझ रिहा भएका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वरस्थित महेन्द्रचोकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा उनलार्इ प्रहरीले पक्रेको गरेको थियो ।

राउत पक्राउको विरोधमा उनका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले अनलाइनखबरसँग भने-सुरक्षाको कारण उहाँलाई नियन्त्रणमा लिइएको हो, साँझ छाडिएको छ ।’

राउतमाथि नै सुरक्षा खतरा रहेकोले प्रहरीले पक्रेको थियो ।

यसअघि मधेसलार्इ नेपालबाट अलग गर्न माग गर्दै हिँडेका राउत मोरङबाट पक्राउ परेका थिए । प्रहरीले राज्यद्रोहको मुद्दा चलाएपनि उनी विशेष अदालतमा ५० हजार धरौटी बुझाएर गत मंसिर ८ गते सीके राउत रिहा भएका थिए ।

रिहा भएपछि पनि उनले तराई मधेसका जिल्लाहरुमा आमसभा गर्दै देश टुक्राउने अभिव्यक्ति दिन छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment