Comments Add Comment

दीलिप नन्दिताका ‘लोग्ने मान्छे’

nanita-kc
चलचित्र ‘लोग्ने मान्छे’को अडियो बिमोचन गरिएको छ । चेतन सापकोटाको संगीत रहेको चलचित्रमा ४ वटा गीत समावेश गरिएको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको अडियो बिमोचन गरिएको हो ।

चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारको अभिनय छ ।

अडियो बिमोचनमा बोल्दै निर्देशक लय संग्रैालले आफूले दर्शकले रुचाउँने पारिवारिक कथालाई पर्दामा उठाएको बताए । उनले यो चलचित्रपछि आफू तरकारी बेच्न कालिमाटी बजार जान नपरोस् भन्दै सबैलाई सहयोग गरिदिन आग्रह गरे ।

यस्तै, नायिका नन्दिता केसीले आफू केही बर्षको अन्तरालपछि चलचित्र क्षेत्रमा फर्किएको बताइन् । उनले, यो चलचित्रमा आफू श्रीमतीको भूमिकामा देखिएको बताइन् । चलचित्रमा उत्तम केसी परिकल्पनाकारको रुपमा छन् । यस्तै, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन चलचित्रमा छ ।

कार्यक्रममा विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाका प्रतिनिधीहरुले चलचित्रको अडियो बिमोचन गर्दै शुभकामना दिएका थिए । चलचित्रलाई प्रदिप मित्तलले निर्माण गरेका हुन् । यो चलचित्र माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ । logne-manche

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment