५ माघ, काठमाडौ । एक महिला सभासदले दिउँसै मदिरा सेवन गरेर बबाल मच्चाउन थालेपछि संविधानसभा सचिवालयका कर्मचारी र मर्यादापालकहरु नै हैरान भएका छन् ।
हरेक दिन मदिरा सेवन गरेर संविधानसभा बैठक र संसद सचिवालयमा जाने गरेकी ती सभासदलाई देख्नासाथ सचिवालयका कर्मचारी र मर्यादापालक सकेसम्म तर्किन खोज्छन् । ती सभासद हुन् नेपाली कांग्रेसको कोटामा मन्त्रिपरिषदबाट मनोनित गीता वाग्ले, साँघु साप्ताहिकमा खबर छ।
गत साता संविधानसभा बैठक चलिरहेका बेला सभामुख सुभाष नेम्वाङको कार्यकक्ष बाहिर मदिरामा लठ्ठ भएकी ती सभासदले कर्मचारी र मर्यादापालकलाई मनपरी गाली गर्दै दुर्व्यवहार गरेपछि कोलाहल मच्चियो । कफी चाहियो भन्दै सभामुखको कार्यकक्ष बाहिर पुगेकी सभासद वाग्लेलाई एकछिन पख्नुस् भन्दा हात उज्याउँदै दुर्व्यवहार गरेकी थिइन् । त्यसको पर्सिपल्ट पुनः रक्सिले मातेर हल्लिदै पुगेकी सभासद वाग्ले मर्यादापालकतिर फर्केर गाली गरिरहेकी थिइन् ।
पत्रकारहरु सभामुख नेम्वाङलाई भेट्न प्रतिक्षालयमा कुरिरहेका बेलाको त्यो दृष्यले कांग्रेस सभासद्हरुसमेत लज्जित भए । पूर्णबहादुर खड्का, रामहरी खतिवडा, लगायतका कांग्रेस सभादसहरु उनको त्यो हर्कत नदेखे झैं गरी भित्र पसेका थिए ।
प्रतिक्रिया 4