Comments Add Comment

काठमाडौं भ्यु टावर तीन वर्षभित्र निर्माण हुने

११ माघ, काठमाडौं । विवादका कारण स्थगित हुँदै आएको पुरानो बसपार्कस्थित ‘काठमाडौं भ्यु टावर’ निर्माण योजना कार्यान्वयन हुने भएको छ । काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोइ कम्पनीबीच शनिबार भ्यु टावर निर्माण सम्बन्धी सम्झौता भएको हो । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र भ्यु टावर निर्माण गरिसक्न ठेकेदार कम्पनी तयार भएको छ ।

म्हानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले भ्यु टावर निर्माणसम्बन्धी सम्झौतापत्र शनिबार बिहान आदानप्रदान भएको बताएको नयाँ पत्रिकामा खबर छ । उनले भने, -‘अबको तीन वर्षभित्र भ्यु टावर बनाउन सम्झौता भएको छ ।’ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठ र कम्पनीका प्रतिनिधिबीच सम्झौतापत्र आदान प्रदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment