+
+
Shares

प्रश्नावली समिति बनेपछि प्रचण्डले भने- यसको परिणाम राम्रो हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ११ गते १८:२४

Prachanda-Speaks-to-Media-after-PDCC-Meeting

११ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्षले प्रश्नावली समिति गठन गरेर कलंकको टीका लगाएको बताएका छन् ।

संविधानसभामा विपक्षीको नाराबाजीका वीचमा सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव गरेका थिए, जसलाई बहुमतले पारित गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सभाध्यक्षले संविधानसभालाई विभाजित गर्ने काम गरेको बताए ।
अघिल्लो संविधानसभमा आफूहरुले बैठक बोलाउन आग्रह गर्दा नमान्ने सभाध्यक्षले अहिले संविधानसभाको कार्यकाल तीन वर्ष बाँकी हुँदा प्रक्रिया सुरु गरेको भन्दै उनले भने-‘सभाध्यक्षले पार्टी प्रवक्ताका रुपमा काम गर्नुभयो । यसको परिणाम राम्रो हुने छैन ।’

सभाध्यक्षले दिएको चार दिनको समयको कुनै अर्थ नरहेको भन्दै उनले भने-‘अब हामी जनतामा जान्छौं । त्यसको परिणम कांग्रेस, एमाले र सभाध्यक्षले जिम्मा लिनुपर्छ ।’

यस्तै एमाओवादी नेता डा. बाबुराम भट्टराई संविधानसभाको आत्माको हत्या भएको टिप्पणिी गरेका छन् । उनले भनेका छन्-अब ०४७ सालको संविधान नयाँ खोलमा जारी गर्ने बाटो खुलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?