+
+
Shares

कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

कञ्चनपुरमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साह नजिकै बसले ठक्कर दिँदा ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको छ।
  • धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराले जानकारी दिए।
  • बस चालक जगत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२६ असार, धनगढी । कञ्चनपुरमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका-१ बन्साह नजिकै बेलौरीबाट महेन्द्रनगरतर्फ गइरहेको सुपप्र०२००१ख ९२९ नम्बरको बसको ठक्करबाट सोही वडाको गणेशपुर बस्ने ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएकी भट्टको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराले जानकारी दिए ।

उनकाअनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

बस चालक शुक्लाफाँटा नगरपालिका १० झलारी बस्ने ३८ वर्षीय जगत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?