
२६ असार, काठमाडौं । गुजरातको वडोदरा र आणंदलाई जोड्ने मही नदीमाथि बनेको ४५ वर्ष पुरानो गंभीरा पुल बुधबार बिहान अचानक भत्किएको छ ।
बीबीसी हिन्दीका अनुसार यो दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।
वडोदरा जिल्लाका प्रमुख जिल्ला अधिकारी (कलेक्टर) अनिल धमेलियाका अनुसार दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता छन् भने पाँच जना घाइते भएका छन् ।
धमेलियाले भने, ‘मही नदीको दुर्घटनामा आज बिहान तीन वटा शव फेला पारिएको छ, जसका कारण मृतक संख्या १५ पुगेको हो।’
उनले थपे, ‘बचाउ अभियान बिहान ७ बजेदेखि नै सुरु गरिएको हो। एनडीआरएफसहित अन्य टोलीहरू घटनास्थलमा खटिएका छन् र उद्धार तथा राहत कार्य जारी छ ।’
उनका अनुसार अधिकांश शवहरू निकालिएका छन् र हालसम्म १५ वटा शव भेटिएका छन् ।
उद्धार कार्यमा १० भन्दा बढी सरकारी निकाय तथा संस्था संलग्न छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4