Comments Add Comment

सरकारी सहयोगविना नै गाउँमा धमाधम बन्दैछन् स्कुल

१५ माघ, काठमाडौ । तीन वर्षअघि विद्यालय चाहियो भन्दै जिल्ला शिक्षा कार्यालय पुगेका विद्यापुर, कालेआमका अभिभावकलाई कार्यालयले रित्तो हात फर्काएन । विद्यालय सञ्चालनका लागि अभिभावकले सहजै अनुमति लिएर गए ।

फाइल तस्वीर
फाइल तस्वीर

त्यसबापत उनीहरुले ‘आफ्नै स्रोतसाधनबाट विद्यालय सञ्चालन’ गर्ने ब्यहोराको प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरे ।
तीन कक्षासम्म सञ्चालन भइरहेको त्यही कालेआम प्रावि अहिले स्थानीयको लागि टाउको दुखाइ बनेको नागरिक दैनिकमा खबर छ ।

सरकारी सहयोगको अपेक्षासहित गाउँमै विद्यालय खोलेका अभिभावक सरकारबाट सहयोग नपाउँदा निराश छन् ।
‘स्कुल खोलेको यतिका वर्ष हुँदा पनि सरकारबाट सहयोग पाइएको छैन,’ प्रधानाध्यापक मैनकला डिसीले भनिन्, ‘यस्तै हो भने त सधैभरि स्कुल कसरी चलाउन सकिन्छ ?’

जिल्ला शिक्षा कार्यालयले विद्यालयलार्य प्रतिब्यक्ति अनुदान (पीसीएफ) बापत गत वर्ष ३० हजार र त्यसभन्दा अघिल्लो वर्ष २५ हजार रुपैंयाँ दिएको थियो । प्रधानाध्यापक डिसीले त्यसैबाट दुई वर्षको तलब खाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment