Comments Add Comment

नेपालका होमस्टेलाई अन्तराष्ट्रिय पहिचान, यी हुन् उत्कृष्ट २५

Sapana Villege Ludge
१६ माघ, काठमाडौं । सानो लगानीमा आफ्नै घरमा पाहुनालाई सत्कार गर्ने नेपाली प्रचलन अर्थात होमस्टेले अन्तराष्ट्रिय पर्यटकको मन जित्न थालेको छ ।

उत्कृष्ट सेवा सुबिधाको खोजीमा रहने विकशित मुलुकका पर्यटकहरुले नेपालका मौलिक होमस्टे तथा गेष्टहाउसबाट प्राप्त सुबिधाको तारिफ गर्दै अरुलाई पनि त्यहाँ सुझाव दिएका छन् ।

नेपालका होमस्टे तथा गेष्टहाउसमा बसेपछि उनीहरुले दिएको प्रतिक्रियाका र भोटका आधारमा लोकपि्रय ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ले नेपालका उत्कृष्ट २५ होमस्टे तथा गेष्ट हाउसहरुको सूची सार्वजनिक गरेको छ ।

ट्रिप एडभाइजरको सूचीमा सबैभन्दा बढी काठमाडौं उपत्यका र पोखरामा सञ्चालित होटलहरु परेका छन् । पच्चिस होमस्टे तथा गेष्ट हाउसमध्ये १४ वटा उपत्यकाका र ७ वटा पोखराका रहेका छन् ।

नेपाल घुम्न आएका पर्यटकले काठमाडौं उपत्यका र पोखरामा सञ्चालित होमस्टे तथा गेष्ट हाउसबाट सबैभन्दा राम्रो सेवा पाएको टि्रप एडभाइजरको सूचीले स्पष्ट पार्छ ।

उपत्यकाबाट परेका उत्कृष्ट होमस्टे तथा गेष्ट हाउसमध्ये ९ वटा काठमाडौं, २ वटा भक्तपुर र ३ वटा ललितपुरमा सञ्चालनमा रहेका छन् । यसैगरि पाल्पा र धुलिखेलबाट एक/एक वटा सूचीमा परेका छन भने सौराहाबाट २ वटा गेष्ट हाउस छानिएका छन् ।

बेड एन्ड ब्रेकफाष्टको मात्र सुविधा भएका होमस्टे तथा गेष्ट हाउसलाई ट्रिप एडभाइजरले ‘बी एन्ड बीज एन्ड इन’ श्रेणीमा वर्गिकरण गरेको छ । यी होटलमा सुत्न र विहानको खाजा खान बाहेक अरु सुविधा हुँदैन् ।

तर, ट्रिप एडभाइजरको उत्कृष्ट सूचीमा परेका नेपालका होमस्टे तथा गेष्ट हाउसमा डिनर र लञ्चको समेत व्यवस्था रहेको छ । यी होमस्टे तथा गेष्ट हाउस भन्दा पनि होटल तथा रिसोर्ट क्याटगरिमा पर्छन् ।

यी हुन् उत्कृष्ट होमस्टे तथा गेष्ट हाउस

HomeStay Nepal
१) होमस्टे नेपाल, कृतिपुर, काठमाडौं ।
Horizon Homestay
२) होराइजन होमस्टे, तानसेन, पाल्पा ।
Rokpa Guest House
३) रोक्पा गेष्ट हाउस, काठमाडौं ।
The Third eye Inn
४) दी थर्ड आई इन, पोखरा ।
Hotel Travellers Home
५) होटेल ट्राभलर्स होम, काठमाडौं ।
Heart Of Bhaktapur Guest house
६) हर्ट अफ भक्तपुर गेष्ट हाउस, भक्तपुर ।
Hotel The Cherry Garden
७) होटल दी चेरी गार्डेन, पोखरा ।
Shibapuri Highest Cottege
८) शिभपुरी हाइएष्ट कटेज, काठमाडौं ।
Puspha Guest House
९) पुष्पा गेष्ट हाउस, पोखरा ।
Traditional Homes
१०) ट्रेडिसनल होम, पाटन ललितपुर ।
Sanu's House Homestay
११) सानुज हाउस होमस्टे, पाटन ललितपुर ।
Tashi Gelek Guest Lodge
१२) टासी गेलेक गेष्ट लज, धुलिखेल, काभ्रे ।
Newa Chen
१३) नेवा चेन, पाटन ललितपुर ।
Sapana Villege Ludge
१४) सपना भिलेज लज, सौरहा चितवन ।
Thagu chhen
१५) थागु चेन, भक्तपुर ।
At home Nepal Guest House
१६) एट होम नेपाल गेष्ट हाउस, काठमाडौं ।
Tings Lounge Hotel
१७) टिंग्स लङ्ग होटल, होटेल काठमाडौं ।
Hotel Butterfly
१८) होटल बटरफ्लाई, सौराहा चितवन ।
Butterfly Ludge
१९) बटरफ्लाई लज, पोखरा ।
Zen Bed and Breakfast
२०) जेन बेड एन्ड ब्रेक फाष्ट, काठमाडौं ।
Hidden Paradise Guest House
२१) हिडेन प्याराडाइज गेष्ट हाउस, पोखरा ।
Stuoa Guest House and Resturent
२२) स्तुपा गेष्ट हाउस एन्ड रेष्टुरेन्ट, काठमाडौं ।
Vardan Resort and Apartment
२३) भार्डन रिसोर्ट एन्ड अपार्टमेन्ट, पोखरा ।
Paulines Guesthouse
२४) पाउलाइन्स गेष्ट हाउस, काठमाडौं ।
Hotel Family House
२५) होटल फेमिलि होम, पोखरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment