Comments Add Comment

विदेशबाट फर्कनेलाई फिल्म पाउनै गाह्रो

ramesh-and-gauri
काठमाडौं । फिल्मको ब्यापार केवल ‘ब्यापार’ मात्र हैन, प्रतिष्ठा र अहंकारको प्रर्दशन पनि हो । दर्शकको मन जित्ने दौडमा पछि परेकालाई न त यहाँ कसैले समातेर अगाडि नै लान्छ न त कसैले लगानी नै गर्छ । यसैले, चलचित्रको बजार र दर्शकको चाहनाअनुसार अगाडि बढ्न नसक्ने कलाकार हुन् या चलचित्रकर्मी, सबै हराएका छन् ।

अमेरिकामा केही बर्ष बसेर एक साथ फर्केका नायिका गौरी मल्ल र नायक रमेश उप्रेतीका लागि पनि नेपाली चलचित्र उद्योगले हरियो झण्डा देखाएन् । नायिका करिश्मा मानन्धरलाई निर्देशक लिएर चलचित्र बनाउने रमेशको योजना पनि चिया गफमै सिमित भयो ।

उनी अमेरिकाबाट फर्केपछि सार्वजनिक कार्यक्रममा धेरै देखिन्छन्, तर उनले चलचित्रमा काम पाएका छैनन् । कुनै बेलाका चल्तीका यी नायकलाई अहिले फेरिएको चलचित्र बजार वुझ्न निकै समय लागेको छ । रमेशलाई करिश्माले साथ दिएको देखिन्छ, तर यो आजसम्म सफलताउन्मुख देखिन्न ।

नायिका गौरी मल्ल पनि कुनै बेलाकी सफल कलाकार हुन् । तर, अमेरिकाबाट फर्केपछि उनका लागि फिल्म उद्योग बिरानो सावित भयो । औपचारिक कार्यक्रमहरु बाक्लै देखिने उनी फिल्ममा देखिन भने निकै कठिन भइरहेको छ ।

अब उनका लागि नेपाली फिल्ममा आमाको भूमिका मात्र बाँकी रह्यो । गोपिकृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्र होमवर्कमा नायक आर्यन सिग्देलकी आमाको भूमिकामा अभिनय गर्दैछिन् । करिश्मा मानन्धरले बनाउन लागेको चलचित्र फागुमा पनि नायिका शिल्पा पोख्रेलकी आमाको भूमिकामा देखिदैछिन् ।

लामो समयसम्म बिदेशमा बस्ने कलाकारलाई नेपाली चलचित्रमा फेरि दर्शकले स्विकार गर्न सकिरहेका छैनन् भने चलचित्र क्षेत्रले पनि उनीहरुलाई अवसर दिएको पाइदैन ।

nikhil-biraj

भोजपुरी चलचित्रमा चर्चित बनेका नायक विराज भट्ट नेपाली चलचित्रमा र्फकन चाहन्छन् । तर, उनका लागि यो कदम फलामे चिउरा जस्तै भएको छ । विराजसँगै हराएका निखिल उप्रेती आफ्नै निर्माणमा ‘भैरव’ बनाएर चलचित्रमा फेरि फर्किएका छन् । उनको हातमा ३ वटा चलचित्र त छन् तर उनलाई दर्शकले कसरी स्विकार गर्छन् भन्न सकिने अवस्था छैन ।

विराज पनि निखिल फर्किएपछि अत्तालिएका थिए । उनी, नेपालका चर्चित निर्माताको ढोकामा आफूलाई लगानी गरिदिनु पर्‍यो भन्दै पुगेका पनि थिए । तर, विराजलाई आजसम्म कसैले लगानी गर्ने हिम्मत गरेको छैन । कारण, विराजका अधिकांश भोजपुरी चलचित्र नेपाली भाषामा डबिङ गरेर चलाउँदा उनको नेपाली मार्केट पनि विगि्रएको छ ।

विदेशमा हराएर केही बर्षपछि नेपाल फर्किएका कलाकार अझै पनि अलमलमा छन् । चलचित्रको बजार तिब्र रफ्तारमा परिवर्तन हुनु र दर्शकको चाहना पनि फेरिनुले यही रहेर काम गरेका कलाकारलाई समेत लामो रेशको घोडा बन्न गाह्रो छ । यस्तो अवस्थामा दर्शकको दिमागबाट नै हराइसकेका कलाकारलाई दर्शकको मनमा पुनः प्रवेश पाउनु निकै कठिन देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment