Comments Add Comment

विप्लवको नजरमा लोकमानसिंह ‘सबैभन्दा भ्रष्ट’

biplab and lokman sing

१८ माघ, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार देशका प्रमुख भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने सुन्ना साथ धेरैमा चासो थियो कि उसले सार्वजनिक गर्न लागेको सूचीमा क-कसको नाम होला ?

तर, विप्लवको नजरमा सबैभन्दा भ्रष्टाचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख लोकमानसिंह कार्की पो रहेछन् ।

लोकमानमाथि विप्लवको आरोप

लोकमानसिंह कार्की ०४१ सालमा राजाको हुकुम प्रमाङ्गीबाट एकैचोटि उपसचिवमा नियुक्त भएको विप्लव माओवादीले निकालेको अपीलमा उल्लेख गरिएको छ ।

कार्की सञ्चार सचिव हुँदा उनले युटीएलले तिर्नुपर्ने १९ करोड राजश्व मिनाहा गराएको आरोप लगाइएको छ । कार्की भन्सार विभागको महानिर्देशक हुँदा उनले ०५९ पुस ९ गते १० किलो सुन, चार सय १० किलो चाँदी (जसको तत्कालीन मूल्य ७३ लाख पर्दथ्यो) विना भन्सार छुटाएको विप्लव माओवादीको थप आरोप छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मुख्य सचिव रहेका कार्कीले नगरपालिकाको चुनाव र सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाउँदा ठूलो रकममा भ्रष्टाचार गरेको माओवादीको अपीलमा उल्लेख गरिएको छ ।

‘चोरलाई साँचो’ बुझाएको आरोप

विप्लव माओवादीले दोस्रो जनआन्दोलनपछि फेरि ‘चोरलाई नै साँचो’ बुझाएको आरोप लगाएको छ ।

दोस्रो जनआन्दोलनपछि बनेको उच्चस्तरीय जाँचबुझ आयोगले जनआन्दोलनमा दमन गरेको प्रमाणित गर्दै सरकारी सेवामा कहिल्यै पनि प्रवेश गर्न नपाउने गरी दण्ड दिए पनि कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गरेर ‘चोरलाई साँचो’ बुझाएको  माओवादीको अपीलमा उल्लेख छ ।

अख्तियार प्रमुख कार्की आफैं भ्रष्ट भएकाले अरु भ्रष्टहरुलाई कार्वाही गर्ने नैतिकता नभएको र देशका सबैभन्दा भ्रष्टहरुमाथि कार्वाही हुन नसकेको माओवादीको दाबी छ ।

भ्रष्टलाई आफैं कारवाही गर्ने घोषणा

देशका भ्रष्ट राजनीतिज्ञ, नोकरशाह, व्यापारी, दलाल, उद्योगीहरुलाई तत्काल जनताको कठघरामा उभ्याउन जरुरी भएको भन्दै विप्लव माओवादीले आफैले भ्रष्टहरुलाई कारवाही गर्ने घोषणा गरेको छ ।

नवगठित नेकपा माओवादीको दाङमा हालै सम्पन्न भएको राष्ट्रिय सम्मेलनले पनि भ्रष्टाचारीलाई कारबाही गर्ने घोषणा गरेको थियो ।

Biplab Maobadi Akhtiyar ma Gyanpatra

  • ज्ञापनपत्र बुझाउन गएका माओवादी कार्यकर्तालाई रोक्दै प्रहरी

‘दोषी’ नै ज्ञापनपत्र 

भ्रष्टाचारीलाई कारबाही गर्ने उदघोष गर्दै अख्तियार प्रमुखलाई नै प्रमुख भ्रष्ट ठहर गरेको विप्लव माओवादीे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै आइतबार ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउन भन्दै माओवादी कार्यकर्ताहरु जुलुस सहित अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए । तर, प्रहरीले रोकेपछि तीन जनाले अख्तियारमा ज्ञापन पत्र दर्ता गराएर फर्केका थिए । कालो ब्यानर र पार्टीको झण्डा लिएका कार्यकर्ताहरुको नेतृत्व इश्वरी दहाल (असारे काका)ले गरेका थिए ।

कार्की नैतिक र आर्थिक दुबै रुपमा भ्रष्ट रहेको किटानी गरेको विप्लव माओवादीले ०४६ सालपछि प्रतीत-पत्र घोटाला, धमिजा काण्ड, लाउडा प्रकरण, चाइना साउथ, चेज एयर, नेपाल वायु सेवा निगम, माथिल्लो तामाकोशी, कृषि मल, लेविको चिनी, वन फडानी, डार्फर काण्ड, जनक शिक्षा सामग्री केन्द्रको किताव, पशुपति, पेट्रोलियम पदार्थ, अपर कर्णाली, अरुण तेस्रो, मेलम्ची खानेपानी आदिमा कुख्यात भ्रस्टाचारी भएको जनाएका छन् ।

अख्तियारले साना कर्मचारी र शिक्षकहरुलाई समातेर ठूलदा भ्रष्टाचारीलाई छाडेको विप्लव माओवादीको आरोप छ ।

विप्लव माओवादीले छरेको पर्चा

biplov-Parcha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment