Comments Add Comment

भिडियो ट्वीट गर्ने पहिलो भारतीय बने शाहरुख

Sharukh-Khan
मुम्बई । ट्वीटरले हालै सुरु गरेको नयाँ फिचर’ भिडियो ट्वीट’ सुरु गर्ने पहिलो भारतीय बनेका छन अभिनेता शाहरुख खान ।

ट्वीटरमार्फत् आफ्ना फ्यानसँग अन्तरक्रिया गर्न खप्पिस शाहरुखले ट्वीटरको नयाँ फिचर प्रयोग गर्न कुनै ढिलाई गरेनन् ।

ट्वीटरले दुई दिन पहिलेमात्र ३० सेकेण्डको भिडियो सेयर गर्न सकिने नयाँ सुबिधा थपेको थियो । जसमा प्रयोगकर्ताले भिडियो सम्पादन गरी सेयर गर्न सक्छन् ।

शाहरुखले ३० सेकेण्डको भिडियो सेयर गर्ने सुबिधाप्रति खुसी ब्यक्त गर्दै भनेका छन- यो फिचर निकै कुल छ, अबदेखि मैले काम गर्दै गरेका बिभिन्न भिडियो सेयर गर्ने छु ।

ट्वीटरमा शाहरुखका एक करोड १२ लाख फलोअर छन् । उनले सुटिङसँग सम्बन्धित बिभिन्न तस्वीर, आफ्ना बिचार र फिल्मका ट्रेलर सेयर गर्न ट्वीटरको प्रयोग गर्छन् । यस्तो छ शाखरुखले सेयर गरेको भिडियो-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment