Comments Add Comment

अन्तरकलेज छात्र बास्केटबलको उपाधि ग्रिनफिल्डको पोल्टामा

१८ माघ, काठमाडौं । ग्रिनफिल्डले प्रथम अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

काठमाडौंको पश्चिम भेगीय कलेजद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनफिल्डले नेपाल काष्ठमण्डपलाई ५०-३४ ले पराजित गर्‍यो । ग्रिनफिल्डको जितमा विश्व पन्तले १८ अंक योगदान गरे ।

विश्व ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उता काष्ठमण्डपका सन्दिप लामिछानेले १९ अंक जोडपनि जितका लागि पर्याप्त भएन ।

पहिलो क्वाटर ८-८ को बराबरीमा सकिएको थियो भने दोश्रोमा ग्रिनफिल्ड ६-९ ले पछि पर्‍यो । गि्रनफिल्डले तेश्रोमा १५-८ र चौथोमा २७-९ स्कोर गर्दै उपाधि सुनिश्चित गर्‍यो ।

फाइनलअघि आइतबारै भएको सेमिफाइनलमा ग्रिनफिल्डले राइजिङ स्टार तथा काष्ठमण्डपले एडमार्क एकेडेमीलाई हराउँदै फाइनल भेट पक्का गरेका थिए । अनुशासित टिमको उपाधि काठमाडौं भ्याली कलेजले हात पार्‍यो ।

तीनदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । दोश्रो दिनको खेल कालीमाटीस्थित जुबिलियन्ट कलेज तथा पहिलो र तेश्रो दिनका खेलहरु बाफलस्थित ग्रिनफिल्डको कोर्टमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment