Comments Add Comment

पोखरामा दुर्व्सनको दलदलमा फस्ने बढे

१६ फागुन, पोखरा ।  विद्यालयबाट घर फर्कंदा पोखरा बैदामका सुदीपले आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देखे। बुबा परदेश गएका बेला आमाले अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको देखेपछि विरक्तिएका उनले मनभित्रको चोट र पीडा बिर्सन दुर्व्‍यवसन रोजे।

पोखरा हिमाली टोलकी रुचिको आफ्नो रेस्टुरेन्टमा आउने एक ग्राहकसँग प्रेम बस्यो। प्रेमीले मायासँगै अनेक उपहार दिएपछि उनले तनमन सुम्पिदिइन्। प्रेमीले धोका दिएपछि घाइते बनेकी उनले चोट भुल्न लागूपदार्थको सहारा लिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

बुटवलकी अञ्जनाले परिवारको विरोध हुँदाहुँदै छिमेकको एक केटासँग भागेर अन्तरजातीय विवाह गरिन्। सुखद संसारको कल्पना बुनेकी उनको जीवनसाथी दुर्व्‍यवसन रहेछ। लोग्नेलाई समाल्न खोज्दा दिनहुँ हुने झगडाले निरास बनेपछि उनी आफैं दुर्व्‍यवसनी बनिन्।

नसामा डुबेर आफू र परिवेशलाई बिर्सन खोज्ने यस्ता युवा पोखरामा हजारौं छन्। केहीलाई परिवारको सहयोगमा सुधारका लागि पुनस्र्थापना केन्द्रमा राखिएको छ। धेरैजसो घरपरिवार र समाजमा अपहेलित भएर जीवन बर्बाद पारिरहेका छन्।

पोखराका विभिन्न लागूपदार्थ पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेका युवा अनेक पीडा र परिवेशले दुर्व्‍यवसनको कुलतमा फसेको बताउँछन्।

‘घरनजिकै काम गर्न बसेको मान्छे ममीलाई दिदी र हामीलाई भान्जा भन्दै आइरहन्थ्यो’, पोखराको एक उपचार केन्द्रमा राखिएका २१ वर्षीय सुदीपले भने, ‘एक दिन त्यो मान्छे र ममीको नराम्रो काम देखेर मेरो मनमा ठूलो चोट पर्‍यो।

त्यसलाई भुल्न लागूपदार्थ खाँदा आफैं बर्बाद भएँ।’ चुरोट र रक्सीबाट सुरु भएको कुलत चरेस र ब्राउनसुगरसम्म पुगेको उनले बताए।

भर्खर १८ वर्षमा टेकेकी रुचि कसैले माया गरेर नजिक हुन खोज्यो भने रिसले चुर हुन्छिन्। स्वार्थका लागि मानिसले मायाको नाटक गर्ने उनको बुझाइ छ। ‘मलाई रिसाएर गाली गरेको मनपर्छ’, उनले भनिन्, ‘तर माया गरेको देख्दा साह्रै रिस उठ्छ।

मायाको नाटक गरेर मेरो जीवन बर्बाद पारेको म कहिल्यै बिर्सन सक्दिनँ।’ नौ महिना उपचार गरेर घर गएको एक सातामै फेरि केन्द्रमै आएकी उनले भनिन्, ‘यहाँ बसुन्जेल छाड्न सक्छुजस्तो लाग्छ तर घर पुगेपछि त्यही कुराले झस्काउँछ। कतिखेर मन बदलिन्छ, आफैंलाई थाहा हुँदैन।’

साथीहरूको संगत, पारिवारिक झगडा, प्रेममा धोका, असफलता, मनोरञ्जन, कौतूहललगायत कारणले युवकयुवती लागूपदार्थको दुव्र्यसनमा फसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment