Comments Add Comment

क्यापिटल वान कपको उपाधि चेल्सीलाई

Chelsea-win-Capital-One-Cup

१८ फागुन, काठमाडौं । क्यापिटल वान कप फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आइतबार राति भएको खेलमा टोटनहृयामलाई २-० ले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो । जोजे माउरिन्हो चेल्सीमा फर्किएपछिको यो पहिलो उपाधि हो ।

यसअछि माउरिन्होले रियल मड्रिडमा रहँदा २०१२ मा ला लिगा जितेका थिए । चेल्सीले भने एक वर्षअघि युरोपा लिगको उपाधि जितेको थियो ।

वेम्बलीमा भएको खेलमा चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा जोन टेरीको गोलबाट अग्रता लियो । ५६ औं मिनेटमा डिएगो कोष्टको प्रहार रोक्ने क्रममा काइल वार्करले आफ्नै पोष्टमा गोल गर्न पुगे ।

खेलमा थप गोल हुन सकेन र चेल्सी २-० को जितका साथ उपाधि उचाल्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment