Comments Add Comment

हरिबंशले नायिका पाएनन्

maha-jodi
हरिबंश आचार्यले आफ्नै लगानीमा निर्माण गर्न लागेको नयाँ चलचित्रका लागि नायिका खोजेको निकै भइसक्यो । एक दशकपछि चलचित्र निर्माणमा फर्किन लागेका हरिबंशले अझै चित्त बुझ्दो नायिका भेट्टाउन नसकेर हैरान छन् ।

उज्जवल घिमिरेको निर्देशनमा निर्माण हुने उक्त चलचित्रमा हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायत अन्य केही चलेका कलाकारले पनि अभिनय गर्ने भएका छन् ।

‘हरिबंश आचार्य, मदन दाई र अरु केही कलाकारले पनि अभिनय गर्नुहुन्छ, तर नायिका अझै भेटिएको छैन ।’ निर्देशक घिमिरेले अनलाइनखबरसँग भने । स्त्रिmप्ट लेखनको काम जारी रहेको बताउँदै निर्देशक घिमिरेले चलचित्रको टाईटल समेत जुराउन बाँकी रहेको जानकारी दिए ।

सामाजिक विषयबस्तुमा निर्माण हुने यो चलचित्र आम चलचित्रको तुलनामा पृथक हुने दाबी गरे निर्देशक घिमिरेले । ‘हल्का कमेडी तर, केही सन्देश दिने चलचित्र बनाउदैछौं’, घिमिरेले भने ।  वैशाखमा चलचित्रको सुटिङ हुनेछ ।

वैशाख र जेठमा मह जोडीको विदेश जाने कार्यक्रम नरहेकाले सुटिङ वैशाखमै हुने घिमिरेले बताए । यसअघि दीपकराज गिरीको ‘वडा नम्बर छ’ निर्देशन गरेका घिमिरेले हरिबंशको फिल्म निर्देशन गर्ने हल्ला चलेपछि हाँस्य कलाकारसँग उनको सम्बन्धको वारेमा समेत चर्चा सुरु भएको छ । तर, यो संयोग मात्रै भएको बताए उनले ।

‘वडा नम्बर छ’ गर्नुअघि नै हरिदाईसँग कुरा भएको थियो ।’ घिमिरेले भने । चलचित्र ‘जे भो राम्रै भो’ मा लगानी गरेका आचार्यले दशकपछि फिल्म निर्माण गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment