Comments Add Comment

वार्नर बने विश्वकपमा सर्वाधिक रन बनाउने अष्ट्रेलियन

David-Warner

डेभिड वार्नर विश्वकप क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने अष्ट्रेलियन ब्याट्सम्यान बनेका छन् ।

बुधबार अफगानिस्तानविरुद्ध ओपनर वार्नरले १७८ रन बनाए । १३ औं ओभरमा आउट भएका उनमा १३३ बलको सामना गर्दै १९ चौका र पाँच छक्का प्रहार गरे ।

वार्नरले ५० रन बनाउन सुरुमा ४० बल खर्चिए । ९२ बलमा शतक पुरा गरे । थप २४ बलमा १५० रन बनाए ।

यो विश्वकपमा कुनै पनि अष्ट्रेलियन ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो । यसअघि २००७ मा म्याथु हेडिनले वेष्टइण्डिजविरुद्ध १५८ रन बनाएका थिए ।

वार्नरको उत्कृष्ट प्रदर्शनको मदतमा विश्वकपकै सबैभन्दा ठूलो स्कोर ४१७ रन बनाएको छ ।

वार्नर वन डे क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने तेस्रो अष्ट्रेलियन ब्याट्सम्यान बनेका छन् । वन डेमा शेन वाट्सनले २०११ मा बंगलादेशविरुद्ध १८५ रन हेडिनले २००७ मा न्यूजिल्याण्डविरुद्ध १८१ रन बनाएका थिए ।

वार्नरले दोस्रो विकेटका लागि स्टिभ स्मिथसँग २६० रनको साझेदारी गरे । यो वन डे क्रिकेटमा अष्ट्रेलियाको कीर्तिमानी साझेदारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment