Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले त्रिभुवन विमानस्थल सञ्चालन हुन नसक्दा सैयौं अलपत्र हुनुका साथै अर्बौंको नोक्सान भएको खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा विकल्पै नहुँदा विश्वसँग हवाई सम्पर्क विच्छेद, थ्री गर्जेजले लगानी भित्र्याउन स्वीकृति माग्यो, पहिलो चरणमा २२ सय नेपाली कोरिया जाने, सरकारी निर्णय भन्दा आधा मात्रै भाडा घट्ने, उपभोक्तालाई सेवा शुल्क र सर्त बुझाउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन, महिनामा सवा ३ लाख नेपाली विदेशिए लगायतका खबर छन् ।

नागरिक दैनिकमा दैनिक डेढ अर्ब रेमिटेन्स, निर्यात कर्जा र बिमा योजना, दुई अर्ब २४ करोड रुपैयाँको आवेदन, जिल्लाको बजेट धमाधम सार्वजनिक, लोडसेडिङ ११ घण्टा भन्दा नबढ्ने लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा विमानस्थल सञ्चालन अन्यौलमै, अर्बौको घरजग्गा माओवादीको कब्जामा, मनास्लु क्षेत्रमा पर्यटक प्रहरी राखिने, सिन्धुलीमा ८१ लाखको भ्यू टावर, लमजुङका किसान कफी खेतीमा आकषिर्त, वैशाखभित्र बजेट पेश गर्ने गरी तयारी गर्न निर्देशन, रसुवागढी नाका सुनसान लगायतका खबर छन् ।

अभियान दैनिकमा अझै खुलेन अन्तर्राष्ट्रिय उडान-अवतरण, नियमनबाहिर पब्लिक क्यापस, कुरीबजार-कालिञ्चोक केबलकार निर्माण हुँदै, चीनमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लगायतका खबर छन् ।

आर्थिक दैनिकमा ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणबीच झगता, सहकारी बैंकमा सहकारीको सात अर्ब डुब्ने खतरा, घरजग्गामा बैंकहरुको ५० अर्ब बढी कर्जा, अवरुद्ध विमानस्थल अझै सूचारु हुन सकेन, सहकारी मन्त्रालयको योजना निर्माणमा समस्या, एक महिनामा साढे तीन अर्ब विदेशी लगानी लगायतका खबर छन् ।

33

44

55

66

77

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment