Comments Add Comment

गोकुल र रीतुको ‘म त तिम्रो रहरमा हारेको मान्छे'(भिडियो)

ma-ta-timro
संचारकर्मी संजोग बस्याल आफूलाई म्यूजिक भिडियो निर्देशनमा पनि अगाडि बढाउँदैछन् । म्यूजिक भिडियो निर्देशनमा लागेको छोटो समयमा नै उनले केही चर्चित भिडियोहरुको निर्देशन गरेका छन् ।

यसैक्रममा, उनले गायक स्वरुपराज आचार्यको स्वरमा समावेश ‘म त तिम्रो’ बोलको गीतको म्यूजिक भिडियो तयार पारेका छन् । यो भिडियोमा रितु रानाभाट र गोकुल बाँनियाले मोडलिङ गरेका छन् ।

यो गीतमा नवराज जैशीको शब्द, अर्जुन नेपालीको संगीत छ । भिडियोलाई मिलन शंकरको छायांकन, अनुप पौडेलको सम्पादन छ ।
भिडियो निर्देशनमा अगाडि बढेको सन्जोग भन्छन्-‘संचारकर्मसँगै म भिडियो निर्देशन हुँदै चलचित्र निर्देशनमा लाग्ने योजनामा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment