Comments Add Comment

‘मुक्तिनाथदेखि सुवर्णभूमिसम्म’ विमोचित

काठमाडौं । लेखक तथा समाजसेवी केशवप्रसाद चौलागाईंको ‘मुक्तिनाथदेखि सुवर्णभूमिसम्म’ नामक संस्मरणात्मक कृति सार्बजनिक भएको छ ।

muktinath-dekhi-Subarna-Bhuनेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले राजधानीमा आयोजित एक कार्यक्रममा चौलागाईंको उक्त कृतिको विमोचन गरे ।

संस्मरण कृृतिभित्र तत्कालीन राजा वीरेन्द्रसँग हात मिलाएको, मदन भण्डारी र चन्द्रशेखरजस्ता देशी विदेशी राजनेतासँग विभिन्न समयमा भेट गरेका तथा विभिन्न सन्दर्भमा देशविदेशको यात्रा गरेका रोचक एवं ज्ञानवर्द्धक प्रसङ्गहरू छन् ।

विमोचनपछि मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि घिमिरेले चौलागाईंको क्रियाशीलता समाजका लागि अनुकरणीय रहेको बताउँदै भने, ‘चौलागाईंजीको यो कृतिले हामीलाई धेरै ज्ञानको तिर्खा मेटाउन मद्दत पुर्‍याउँछ ।’

यसअघि ‘खगोल र द्वन्द्व’, ‘द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धार्मिक क्षत्रेको भूमिका’ र ‘स्वराज्य र मेलमिलाप’ नामक पुस्तक प्रकाशित छन् । यो उनको चौथो कृति हो ।

०१६ साल असार २० गते विराटनगरमा जन्मिएका केशवप्रसाद चौलागाईं विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थामा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment