Comments Add Comment

‘माला’ हेर्दा नडराउने को होला ? कस्तो छ जान्नुहोस् चलचित्र

सस्पेन्स थ्रिलर जनराका चलचित्र नेपालमा कमै मात्र बन्छन् । बनेका चलचित्रले पनि दर्शकलाई खासै उत्साह थप्न सकेका छैनन् । यही भिडमा आजबाट सस्पेन्स-थ्रिलर कथामा चलचित्र ‘माला’ प्रदर्शनमा आएको छ ।
priyanka-in-mala
आजबाट प्रदर्शनमा आएको यो चलचित्रले के साच्चिकै दर्शकलाई हलमा बाधेर राख्छ त ? आउनुहोस्, यसको केही समिक्षा गरौ ।

कथावस्तु
‘माला’ एक आत्माको कथा हो । ‘माला’ नाम गरेकी एक यूवतीको सेरोफेरोमा यो चलचित्र घुम्छ । आफ्नो सपनामा आइरहने सेतो पहिरन लगाउने एक यूवतीलाई देखेपछि डाक्टर बनेका आर्यन सिग्देल पनि छटपटाउछन् ।

उक्त यूवतीको वास्तविकता वुझ्नका लागि सपनामा आउने गाउँ पुग्छन् आर्यन । ती सपनामा सेतो पहिरन लगाएर आउने यूवती को थिइन्, उनी आउने कारण के थियो, यो सस्पेन्स हेर्न तपाई हलमै जादा अझ रमाइलो हुन्छ । नेपालमा बढ्दै गएको चेलिबेटी बेचबिखन र मृगौला तस्करको कथालाई पनि चलचित्रले उठान गरेको छ ।

कलाकारको अभिनय
चलचित्रमा संवाद नै बोल्नुपर्छ भन्ने छैन । यो कुरालाई नायिका प्रियंका कार्कीले पुष्टी गरिदिएकी छिन् । चलचित्रमा ‘माला’ भन्ने एउटा मात्र संवाद बोलेकी पि्रयंकाले १ घन्टा ५० मिनेटको अवधिभर दर्शकलाई वाधेकी छिन् ।

सेतो पहिरन लगाएर विभिन्न समयमा दर्शक तर्साउन सफल छिन् । डाक्टर बनेका नायक आर्यन सिग्देलको भूमिका पनि राम्रो छ । नायिका सुमिना घिमिरेको भूमिकाले पनि दर्शकलाई वाँधेको छ । नयाँ कलाकार प्रज्वल सुरज गिरीले पनि गजबकै अभिनय गरेका छन् । समग्रमा चलचित्रमा सानोदेखि ठूलो भूमिका गर्ने सबैले गजबकै काम गरेका छन् । कलाकार शिशिर राणाको कमेडी भूमिका रोचक छ ।

निर्देशकको तारिफ योग्य काम
यो चलचित्रको मुख्य नायक निर्देशक सुदिप भूपाल सिंह हुन् । चलचित्रको सार्वजनिक ट्रेलरले खासै दर्शकको साथ नपाएको अवस्थामा सुदिपको कामको बारेमा धेरैलाई शंका थियो ।

तर, चलचित्र हेरेपछि उनको कामको सबैले तारिफ गरेका छन् । चलचित्रलाई सुरुवातदेखि अन्त्यसम्म वाधेर राख्ने उनको खुबी तारिफयोग्य छ । चलचित्रको दोश्रो हाफमा कथा सकिएको भान दर्शकले गरेपनि यसपछि निर्देशकले फेरि उठाएको कथावस्तु, साच्चिकै तारिफ गर्न लायक नै छ ।

सबल पक्ष
चलचित्रमा खोट लगाउने ठाउँ खासै छैन । सुरुवातदेखि अन्त्यसम्म दर्शकलाई के हुन्छ भनेर कौतुहलतामा राख्न सक्नु नै चलचित्रको सवल पक्ष हो । यता, सस्पेन्स-थि्रलर यो चलचित्रले दर्शकलाई धेरै स्थानमा डरका कारण चिच्याउन वाध्य बनाउँछ । चलचित्रले उठान गरेको चेलिबेटी बेचबिखन र मृगौलाको तस्करको प्रस्तुती रोचक छ । चलचित्र भित्रका हरेक दृश्यले दर्शक वाँधेको छ ।

कमजोर पक्ष
चलचित्र भित्र खासै कमजोरी छैनन् । दोश्रो हाफको सुरुवातमा देखाइएका केही लामा दृश्यले दर्शकलाई अल्छी लाग्न सक्छ । तर, त्यो केही छिनमै हराइहाल्छ । गितसंगीतका बिषयमा चलचित्र कमजोर छ । तर, चलचित्रमा गीतको आवश्यकता भने खासै देखिदैन ।

समग्रमा
‘माला’ यो बर्ष बनेका नेपाली चलचित्रहरुमा उत्कृष्टको सूचीमा पर्छ । चलचित्रको प्रस्तुती, कथावस्तु, पटकथालाई तारिफ गर्नैपर्छ । नेपालमा बनेका सस्पेन्स-थ्रिलर चलचित्रले दर्शक नबाधेको समयमा यो एउटा उत्कृष्ट चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment