Comments Add Comment

फ्रान्समा विमान दुर्घटना, १४८ को मृत्यु भएको आशंका

Germanwings-Airbus-Missing

१० चैत, काठमाडौं । फ्रान्सको दक्षिणी पर्वत श्रृंखला एल्प्समा १४८ जना सवार रहेको विमान ए ३२० दुर्घटनाग्रस्त भएको छ ।

विमानका सबै यात्रुहरुको मृत्यु भएको हुन सक्ने बीबीसीले जनाएको छ ।  विमानमा १४२ यात्रु र ६ जना चालकदलका सदस्यहरु थिए ।

दुर्घटनास्थल फ्रान्सको दक्षिणी भागको एल्प्स पहाडी क्षेत्रमा पर्छ । दुर्घटनामा परेको सो विमान बार्सिलोनाबाट डसलडोर्फतर्फ गइरहेको थियो । सो जहाज जर्मनीको लुफ्थांसाको सस्तो मानिने एयरलाइन्स सेवा जर्मनविङ्सको थियो ।

People-waiting-for-Flight-4U-9525

विमानमा अधिकांश जर्मन यात्रुहरु थिए ।

अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार विमानले स्थानीय समय अनुसार १०ः४७ बजे आपलकालीन संकेत दिएको थियो ।

फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्डले यात्रुहरु बच्ने सम्भावना क्षीण रहेको भन्दै दुख व्यक्त गरेका छन् । फ्रान्स सरकारले दुर्घटनापछि उद्धार लगायतका कार्य गर्न एउटा टोली गठन गरेको छ ।

जर्मन विंसले दुर्घटनाको पुष्टि गरे पनि पूर्ण विवरण आइनसकेको बताएको छ ।

French-firefighters

लुफ्थांसाका मुख्य कार्यकारी अधिकृत कास्टर्न स्पोरले टि्वटरमा भनेका छन्-‘हाम्रो सम्वेदना यात्रु र चालकदलका सदस्यका साथ रहेको छ । यदि हाम्रो डर सही सावित भयो भने त यो लुफ्थांसाका लागि कालो दिन हुनेछ । हामीमा मानिसहरु बाँचेको आश छ ।’

लुफ्थांसाले फ्नो ट्वीटर मार्फत यात्रुका परिवार र चालक दलका परिवारप्रति सहानुभुति प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment