Comments Add Comment

प्रभु बैंक र तीलगंगाबीच आँखा शिविर गर्ने सम्झौता

Parbhu-Bank-and-Tilganga-aankhar-shibir-2

१२ चैत, काठमाडौं । प्रभु बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच दुर्गम क्षेत्रमा आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ । प्रभुले व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा अस्पतालसँग सहकार्य गरी आँखा शिविर सञ्चालन गर्ने भएको हो ।

सम्झौतापत्रमा प्रभुका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र तिलगंगाकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले संयुक्त हस्ताक्षर गरे । सम्झौता अनुसार यही चैतदेखि आगामी मंसिर महिनासम्म देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रहरुमा १० वटा शिविर सञ्चालन गरिने छ ।

Parbhu-Bank-and-Tilganga-aankhar-shibir-3

शिविरमा आँखाको निःशुल्क परिक्षण एवं सामान्य उपचार गरिने बताइएको छ । अपरेशन गर्नुपर्ने विरामीमध्ये सय जनालार्य तिलगंगामा निःशुल्क अपरेशनको व्यवस्था गरिने छ ।

बैंकले हरेक बर्ष ‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ भन्ने नारासहित यस कार्यक्रमलाई अभियानको रुपमा निरन्तरता दिने बताएको छ । शिविर सञ्चालन हुने क्षेत्रका बासिन्दाले अन्धोपनाबाट मुक्ति पाउने अवसर प्राप्त गर्ने बैंकको विश्वास छ ।

Parbhu-Bank-and-Tilganga-aankhar-shibir

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment