Comments Add Comment

‘नाई नभन्नु ल ३’मा माल्भिकाको न्यारेशन, के हुन सक्छिन् ४ मा ?

nai-navannu-la-3-narration
चलचित्र ‘नाई नभन्नु ल ३’मा पूर्व मिस नेपाल माल्भिका सुब्बाले न्यारेशन गरेकी छिन् । यो चलचित्रको न्यारेशनको डबिङ गरेकी माल्भिकाले ‘नाई नभन्नु ल ४’मा भने मुख्य नायिकाको रुपमा काम गर्ने संभावना देखिएको छ ।

आफू अभिनित २ चलचित्र प्रदर्शनमा नआएपछि अभिनय नगर्ने बताएकी माल्भिका अहिले कार्यकारी निर्माता बनेर चलचित्र निर्माणमा उत्रिएकी छिन् । निर्देशक विकास आचार्यले माल्भिकाको डबिङ देखेर आफू प्रभावित भएको भन्दै उनलाई ‘नाई नभन्नु ल ४’मा लिने संभावना रहेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले चलचित्रको कथा लेख्ने काम भैरहेकाले भूमिका आएको खण्डमा अफर गर्ने बताए । आफूले अफर गरेको खण्डमा माल्भिकाले खेल्ने विकासको भनाई छ । माल्भिकाले पनि यो हिट सिक्वेलको अफर आएको खण्डमा आफूले सोच्नै पर्ने बताइन् । चलचित्रको स्त्रिmप्ट अहिले सामिप्य तिमिल्सिनाले लेखिरहेका छन् ।

मुष्कान ढकालले निर्देशन गरेको चलचित्र ‘नाई नभन्नु ल ३’मा आर्यन सिग्देल, सुरज सिंह ठकुरी, संचिता लुइटेल, प्रियंका कार्की, संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment