Comments Add Comment

कोठामा निसास्सिएर दुईको मृत्यु, एक सिकिस्त

१४ चैत, काठमाडौं । गोठाटारमा कोठामा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगर पालिका वडा नम्बर ३५ छाप्रामा कोठा बस्दै आएका दुई जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३७ वर्षका तिलक दाहाल र २८ वर्षकी पुनम दाहाल रहेको काँडाघारीस्थित प्रहरी कार्यालयका प्रहरी जवान शेरबहादुर बाह्रघरेले अनलाइनखबरलाई जानकारी दिए । एकजना गम्भीर विरामी भएका छन् । गम्भीर बिरामी परेकी रमा दाहालको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

ग्यास चुलो बालिएको अवस्थामा कोठामा अक्सिजन नपुगेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । रातिको घटना भएपनि प्रहरीले विहान साढे ८ बजेमात्र थाहा पाएको बाह्रघरेले बताए ।

दाहाल परिवार काठमाडाैंमा मकै पोलेर बेच्ने व्यवसाय सञ्चालन गर्दै अाएका थिए । दिउँसो अाफ्नो काम सकेर अाएका उनीहरूले भुसको चुलोबाट खाना पकाएको र उक्त अागो ननिभाएका कारण राति निसास्सिएको प्रहरीले जनाएको छ । स्थानीयले बिहान खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले सिकिस्त अवस्थामा रहेकी रमालार्इ उद्दार गरी अस्पताल पुर्याएको थियो भने दुर्इ जनाले ज्यान गुमाइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment