Comments Add Comment

बेलको दुई गोलको मदतमा वेल्सको जित

Gareth Bale

१५ चैत, काडमाडौं । ग्यारेथ बेलको दुई गोलको मदतमा वेल्सले युरो कप २०१६ को छनोट चरणमा इजरायललाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा वेल्सले इजरायलमाथि ३–० को जित निकालेको हो । कमजोर प्रदर्शनका कारण बेलले स्पेनमा आलोचना खेप्दै आएका थिए । तर, वेल्सको जितमा बेलले दुई गोल गरेका छन् ।

वेल्सले ४५ औं मिनेटमा राम्सीको गोलबाट अग्रता लिएको थियो । ५० औं मिनेटमा वेलले अग्रता दोब्बर पारे ।

खेलको ७७ औं मिनेटमा वेलले व्यक्तिगत दोस्रो गोल गरेपछि वेल्स ३–० ले विजयी भयो ।

जितपछि वेल्स ११ अंकका साथ समूह बीको शीर्ष स्थानमा छ भने इजरायल ९ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह एको खेलमा नेदरल्याण्डले टर्कीसँग १–१ को बराबरी खेलेको छ । ३७ औं मिनेटमा टर्कीले गोल गरेको थियो । तर, अन्तिम मिनेटमा हुन्टेलरले गोल गर्दै नेदरल्याण्डलाई हारबाट जोगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment