Comments Add Comment

अञ्जना भईन् मिस पोखरा क्वीन

miss-quein-pokharaपोखरा । सिर्जनाचोककी अञ्जना दासले ‘मिस पोखरा क्वीन-२०१५’ को उपाधि हात पारेकी छिन् । आर इभेण्ट ट्रेनर नेपालको आयोजना एवं पोखरा लिङ्कन इन्टरनेशनल कलेजको मुख्य प्रायोजनमा शनिबार बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा १६ जना प्रतिष्पर्धीलाई पछि पार्दै अञ्जनाले उपाधि जितेकी हुन् । मिस फोटोजेनिकको उपाधि समेत जितेकी उनले नगद ५० हजार रुपैया र ट्रफी पाईन् ।

त्यस्तै, पोखरा बिरौटाकी सुयशा गुरुङ फष्ट रनरअप र दिपकी लिजा भट्टचन सेकेण्ड रनरअप भईन् । फष्र्ट रनरअपले २५ र सेकेण्ड रनरअपले १५ हजार नगद पुरस्कार सहित ट्रफि प्राप्त गरिन् । सुयशाले मिस एम्पल र लिजाले भ्यूअर च्वाईस टाईटल पनि जिते ।

यसैगरी, उत्कृष्ट पाँचमा परेकी शिवानी कुँवरले मिस वेष्ट वाल्क, पुनम केसीले मिस डिसिप्लिन र सुस्मिता गुरुङले मिस पपुलर च्वाईस (फेसबुक र भोटिङ्ग कार्ड) टाईटल जिते ।

यसैगरी माया थापाले मिस ब्यूटिफुल, सविना गुरुङले वेष्ट फिंगर, अमि्रता बस्यालले मिस ट्यालेन्ट, भावना आचार्यले मिस कल्चर, तुलसी गुरुङले वेष्ट स्माईल, जोनी थापाले वेष्ट हेयर, अस्मिता गुरुङले मिस फ्रेण्डसिप, सञ्जु तामाङले वेष्ट डे्रस, प्रतिमा गुरुङले वेष्ट पर्सनालिटी र क्षितिज थापाले वेष्ट कन्फिडेन्सको टाईटल हात पारे ।

कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमको उद्धेश्यबारे प्रष्ट्याउँदै आयोजक आर इभेण्ट ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङले युवतीहरुको क्षमता अभिवृद्विसँगै आत्मविश्वास विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
सन्देश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment