Comments Add Comment

अवैध २५ तोला सुनसहित राखेपका उपाध्यक्ष टेण्डी शेर्पा पक्राउ

Tendi-Lama-sherpa१५ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी लामा शेर्पा भन्सार छलेर झण्डै २५ तोला सुन ल्याउादै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् ।

हङकङबाट नेपाल आउने क्रममा उनी शनिबार राति पक्राउ परेका हुन् । लामा ओलम्पिक कमिटीका उपमहासचिव हुन् ।

शंका लागेर चेकजााच गर्ने क्रममा लामाको साथबाट सुन बरामद भएको हो ।

राखेप स्रोतका अनुसार लामा कुनै पनि खेलकुद कार्यक्रम गएको औपचारिक जानकारी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment