Comments Add Comment

अख्तियारमा नियुक्तिका लागि सिफारिस सबै अनुमोदित

१६ चैत, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिका लागि सिफारिस सबैको नाम अनुमोदन गरेको छ ।

यसअघि संवैधानिक परिषदले दलीय भागबण्डाको आधारमा अख्तियारमा ५ आयुक्त सिफारिस गरेको थियो ।

फाइल फोटो
फाइल फोटो

सोमबारको समितिको बैठकले आयुक्तमा नियुक्तिका लागि सिफारिस पाँचै जनाको नाम सर्बसम्मतिले अनुमोदन गरेको छ ।

बैठकले दीप बस्न्यात (उदयपुर), नवीनकुमार घिमिरे (झापा) डा. गणेशराज जोशी (लमजुङ), राजनारायण पाठक (महोत्तरी) र डा. सावित्री गुरुङ (भोजपुर)को नाम अनुमोदन गरेको हो ।

बस्न्यात, घिमिरे र जोशी पूर्व सचिव हुन् भने पाठक पूर्व नायब महान्यायाधिवक्ता हुन् । गुरुङ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।

सुनुवाइ समितिमा उनीहरुले अख्तियारका कामकारबाहीलाई प्रभावकारी बनाउन अनुसन्धान पद्धतिमा सुधार ल्याउने, भ्रष्टाचार नियन्त्रण गर्ने र अख्तियारको जिम्मेवारीलाई पूर्णता दिन राजनीतिक नेतृत्वबाट समेत इच्छाशक्ति तथा प्रतिबद्धता आउनु आवश्यक भएकामा जोड दिए ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि उनीहरुको नियुक्तिको बाटो खुलेको छ । राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment