Comments Add Comment

बंगलादेशमा ब्लगरको हत्या

bangladesh-blogger-murdered

१६ चैत, काठमाडौं । बंगलादेशमा ब्लगर अविजित रायको हत्याको एक महिनापछि अर्का एक ब्लगरको हत्या भएको छ ।

प्रहरीका अनुसार वशीकुर रहमान नाम गरेका ब्लगरको चक्कु हानेर हत्या भएको हो । ढाकाको बेगुनबारीसिथत घर नजिकै उनीमाथि आक्रमण भएको थियो ।

हत्यामा संलग्न रहेको आशंकामा दुई विद्यार्थी पक्राउ परेका छन् । रहमानले कस्तो ब्लग लेख्थे भन्ने खुलेको छैन तर, इस्लाम विरोधी लेखका कारण उनको हत्या भएको प्रहरीको अनुमान छ ।

ढाकामा गत महिना एक भारतीय मुुलका अमेरिकी लेखक अविजित रायको हत्या भएको थियो । सामाजिक सञ्जालमा अविजितलाई धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment