Comments Add Comment

बाँसबारीमा प्रहरी र डाक्टरबीच झडप, केही घाइते

१८ चैत, काठमाडौं । काठमाडौंको बाँसबारीमा प्रहरी र चिकित्सकहरुबीच झडप भएको छ । मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि प्रहरीले लाठिचार्ज गरेपछि केहीबेर स्थिति तनावग्रस्त भएको थियो ।

फाइल तस्वीर
फाइल तस्वीर

राजीनामा पत्र बुझाउन भन्दै चिकित्सकहरु काउन्सिलको गेट भित्र छिर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठिचार्जबाट कम्तिमा एकजना चिकित्सक घाइते भएका छन् । घाइतेको शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

राजनीतिक पहुँचका आधारमा नियुक्त भएकालाई बर्खास्त गर्नुपर्ने डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै चिकित्सकहरुले गौतमको राजीनामा मागेका हुन् ।

शिक्षण अस्पतालमा अनशनरत डा. केसीको माग सम्वोधन गर्न सरकार तयार नभएको भन्दै देशभरका चिकित्सकहरुले बुधबारदेखि ओपिडी सेवा बन्द गर्दा विरामीहरुको बिचल्ली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment