Comments Add Comment

चिनी उद्योगमा उखु अभाव

४ वैशाख, सर्लाही । हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु अभाव भएको छ । मङ्सिर अन्तिम साता सञ्चालनमा आएको सो उद्योगमा विगत छ दिनदेखि उखु अभाव भएको हो ।

उखु अभावका कारण दिनमा १२ घन्टामात्र उद्योग सञ्चालन हुने गरेको प्रबन्धक योगनारायण रजकले जानकारी दिए । ‘उखु अभावका कारण उद्योगले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छू उनले भने ।

बिहीबारसम्म ३६ लाख ७५ हजार क्विन्टल उखु पेल्ने काम गरिसकेको उनले बताए । अब ५० देखि ६० हजार क्विन्टल उखु बाँकी रहेको प्रबन्धक रजकले जानकारी दिए । आगामी सोमबारपछि उद्योग बन्द गर्ने तयारी गरिरहेको उनले बताए ।

सर्लाहीमा सञ्चालनमा रहेका दुई वटा चिनी उद्योग मध्ये पश्चिम धनकौलस्थित अन्नपूर्ण उद्योग गत चैत दोस्रो साता नै उखु अभावमा बन्द भइसकेको छ । जिल्लामा साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखुखेती गरिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment