Comments Add Comment

धुर्मुस र सुन्तलीको साथमा बाल्टिमोरमा सांस्कृतिक कार्यकम गरिँदै

new year program baltimorअमेरिका । बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) ले विगत वर्षमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०७२ को अवसर पारेर बृहत सांस्कृतिक कार्यकमको आयोजना गर्ने  भएको छ ।

स्थानीय कलाकार, बिशिस्ठ व्यक्तित्वहरु तथा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’, चर्चित लोक तथा दोहोरी गायिका संगीता थापामगर, चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र युवापुस्ताका चर्चित आधुनिक गायक प्रमोद खरेलको प्रस्तुती रहने बानाले जनाएको छ ।

बाल्टिमोर, मेरिल्याण्ड तथा वरपर रहेका सम्पूर्ण नेपालीहरुलार्इ कार्यक्रममा सहभागिताका लागि बानाले अनुरोध गरेको छ ।

१२ बर्ष सम्मकालाई प्रवेश निःशुल्क गरिएको बृहत सांस्कृतिक कार्यकममा सशुल्क बिबिध परिकारको प्रवन्ध मिलाइएको अयोजकले जनाएको छ । जोसेफ चर्चमा अप्रिल २६ तारिखका दिन साँझ साढे सात बजेदेखि शुरू हुने कार्यक्रमका लागि २० डलरको टिकटको ब्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment