Comments Add Comment

पोखरा बजारमा आउँदैछ ‘पोखरा दुध’, ५ करोड लगानी

Pokhara-Dudh-Press-Meet
सन्देश श्रेष्ठ
७ वैशाख, पोखरा । पोखराको दुग्ध बजारमा नयाँ ब्रान्डको प्रवेश हुने भएको छ । त्रिवेणी डेरी तथा जैविक कृषि उद्योगले यही वैशाख ८ गतेदेखि ‘पोखरा दुध’ बजारमा ल्याउने भएको हो ।

पृथ्वीचोकमा रहेको पोखरा दुग्ध उत्पादक सहकारी संस्था रसभागृहचोकमा रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त लगानीमा दुग्धजन्य डेरी उद्योग सञ्चालनमा ल्याउन लागेको बताइएको छ ।

उद्योगका अध्यक्ष शोभकान्त ढकालले आफुहरुले पोखरामा रहेको दुधको अभाव कम गर्ने प्रयासस्वरुप दुध बजारमा ल्याउन लागेको बताए । आफुहरुले दैनिक करिव ५ हजार लिटर दुध उत्पादन गरेर पोखरेली ग्राहकको घरघरमा पुर्‍याउने बताए ।

करिव ५ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्दै आएको बताउँदै ढकालले जर्सी, होलिस्टन, ब्रनसुईस, मिनी जर्सी लगायतका उन्नत जातका ९० वटा गाइहरु आफु्नै फार्ममा पालेको बताए ।

उनले हेम्जा, भलाम र भरतपोखरीमा एक घर एक/दुई गाई अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिए । ४५ जनासम्मलाई रोजगारी दिनेगरी उद्योग बिस्तार गर्ने लक्ष्य लिएको उद्योगमा हाल २० जना कर्मचारी रहेको उनले बताए ।

उद्योगका प्रवन्ध निर्देशक धर्म अर्यालले नेपाल सरकार कृषिर् विकास मन्त्रालय व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट छनौटमा उत्कृष्ट हुदै सरकारी अनुदान स्वरुप यस बर्ष ३१ लाख ५० हजार प्राप्त बताए ।

उद्योगले दुधसहित दुधबाट उत्पादित बस्तु दही, घ्यू, पनिर, नौनी, आईसक्रिम, खुवा (कुराउनी) बटर जस्ता पदार्थहरु उत्पादन गरेर बजारमा ल्याउनेछ ।

नौनी निकालेको स्टाण्डर दुध प्रतिलिटर ६४ रुपैयाँ, नौनी ननिकालेको दुध प्रतिलिटर ८० रुपैयाँ, दही प्रतिलिटर १ सय १० रुपैयाँ, नौनी घ्यू प्रति लिटर ६ सय ७० रुपैयाँ, पनिर प्रतिकेजी ५ सय ५० रुपैयाँ कायम गरिएको प्रबन्ध निर्देशक अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment