Comments Add Comment

पेनाङका नेपालीद्वारा संगीता तामाङ ३ लाख सहयोग

रामचन्द्र नेपाल

sangita donationक्वालालम्पुर । मलेसियामा कार्यरत रहेको अवस्थामा विरामी परेकी संगीता तामाङलाई पेनाङमा रहेका ब्यापारीहरुले उपचारमा सहयोग पुरयाउदै नेपाल पठाएका छन् ।

१८ महिना अगाडि पेनाङको जेसीवाई कम्पनीमा आएकी धनकुटाको सुन्दाई गाविस- ६ धनकुटाकी संगिता तीन महिना अगाडिवाट विरामी परेकी थिईन ।

कम्पनीले उपचारमा वेवास्ता गरेपछि उनलाई पेनाङका ब्यापारीहरुले अस्पताल भर्ना गरेका थिए । उपचारमा केही सुधार आएपछि केही दिनअघि मात्रै उनलाई नेपाल पठाइएको छ ।

नेपालमा पनि उनलाई उपचारमा सघाऊ पुगोस् भन्नाका लागि पेनाङमा रहेको ब्यापारीहरु तथा प्रवासी तामाङ एकता समाज पेनाङ, नेपाल श्रमिक एकता समाज पेनाङ तथा जुनतारा सांस्कृतिक समूहले सहयोग रकम संकलन गरी २ लाख ९० हजार पठाईएको छ । हाल संगीतको धनकुटा अपस्तालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment