Comments Add Comment

माधव नेपाल राहत वितरण अभियानमा

Madhav-Nepal

२१ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल राहत वितरण अभियानमा जुटेका छन् । नेपालले काठमाडौं क्षेत्र नं २ अन्तर्गतका विभिन्न स्थानमा एक हजार बोरा चामल वितरणा गरेका छन् ।

नेता नेपालले त्रिपाल, टेण्ट, खानेकुराहरु, स्वास्थ्य टोली, निःशुल्क क्यान्टिनलगायतको व्यवस्थापन तथा अनुगमन गर्दै अएका छन् ।

नेपालले आइतबार लप्सेफेदी-नाङ्लेभारे क्षेत्रमा एक सय ५० बोरा, पालुवारीमा एकसय बोरा, इन्द्रायणीमा एकसय २८ बोरा, लप्सेफेदी २ र ३ मा ७५ बोरा, घुमारचोकमा एक सय बोरा, भुल्बुमा ८० बोरा र डाँछीमा ८० बोरा चामल आफै उपस्थित भएर वितरण गरेका छन् ।

विभिन्न स्थानमा राहत वितरणपछि घर फर्केका नेता नेपालले साँझ सात बजे आफ्नै निवासमा भुगर्भविद्, इन्जिनियर, योजनाविद्, अर्थशास्त्री लगायतका विज्ञहरुसँग अहिले गएको भुकम्प, भुकम्प पछिको व्यवस्थापन र योजना निर्माण सम्बन्धमा विशेष छलफलको आयोजना गरे ।

छलफलमा भूगर्भविद् डा. रञ्जन दाहाल, पूर्व शहरी विकास सचिव किशोरबहादुर थापा, पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा लगायतसँग छलफल गरे ।

सरकारले भूकम्प पछिको व्यवस्थापन तथा योजना निर्माण गर्ने क्रममा विज्ञ समूह, जनप्रतिनिधि र आवश्यक अन्य पक्षकोसमेत सहभागिता गराएमा त्यसबाट दीर्घकालिन लाभ मिल्ने नेपालको भनार्इ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment