Comments Add Comment

पोखरामा ८० फिट अग्लो बुद्धको मूर्तिसहित ‘यशोधरा बाटिका’ बन्ने

Dinesh-Thapaliya

सन्देश श्रेष्ठ

२१ वैशाख, पोखरा । पोखरामा ८० फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिने भएको छ । पोखरा-२१ काहुँडाँडास्थित काहुँकोटमा बुद्धको मूर्ति स्थापनासहित ‘यशोधरा बाटिका’ निर्माण गर्न लागिएको हो ।

मूर्ति स्थापना स्थलमा सोमबार आयोजित कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखरालाई पर्यटकीय र धार्मिक रुपले आकर्षण गराउने उद्धेश्यले बुद्धको मूर्तिसहित ‘यशोधरा बाटिका’ बनाउने घोषणा गरेका हुन् ।

१७० रोपनीमा निर्माण गर्न लागिएको बुद्धको मूर्तिसहित ‘यशोधरा बाटिका’ स्थलमा यशोधराको प्रतिमा, ध्यान केन्द्र, बुद्ध दर्शन सम्बन्धि पुस्तकालय र पाहुनाहरुलाई बास बसाउन गेष्ट हाउस पनि निर्माण गरिने समिति संयोजक रुद्रकुमारी (मैना) तमुले जानकारी दिइन् ।

यसअघी तमु धिँ नेपालकी महासचिव रुद्रकुमारी -मैना) तमुको संयोजकत्वको टोलीले काहुँकोटमा बुद्धको मूर्ति स्थापनासहित यशोधरा पार्क निर्माण गर्ने स्थलको पहिचान गरेको थियो ।

बुद्ध जयन्तीको अवसर पारेर बोधि बृक्ष (पिपलको विरुवा) रोपिएको छ । कार्यक्रममा क्षेत्रीय प्रशासक थपलियाले पोखरालाई गौरब लाग्ने ठाउँ तथा आकर्षक पर्यटकीय स्थल बनाउने उद्धेश्यले ‘कास्कीका १६ गौरब योजना’ अन्तर्गत मूर्ति स्थापनासहित यशोधरा पार्क बनाउने कार्य अघि बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment