Comments Add Comment

भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा संजयले माउन्ट डेनाली चढ्ने

२२ वैशाख, काठमाडौं । संजय पण्डितले विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउने नेपालीहरुको सम्झनामा उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने घोषणा गरेका छन् ।

sanjaya pandit-1उनले यसअघि सगरमाथा लगायत विश्वका पाँचवटा महादेशका उच्च शिखर सफल आरोहण गरिसकेका छन् ।  सातै महादेशका उच्च शिखर चढ्ने उनको लक्ष्य छ ।

उत्तर अमेरिकाको उच्च शिखर चढ्ने तयारीमा रहेका उनले नेपालमा महाभूकम्प गएपछि संसारलाई विपतीमा परेका नेपालीलाई साथ दिन आग्रह गर्दै शिखर चढ्ने निर्णय गरेका हुन् । ‘यो आरोहणलाई अमेरिकाको शिखरबाट एक पटक नेपाल विपतीमा परेको छ संसारका सबै राष्टलाई सहयोग गर्न आवहन गर्ने छु’-पण्डितले भने ।

उत्तर अमेरिकाको सर्वाेच्च शिखरमा नेपालको विश्व सम्पदा सूचीमा रहेको पुरातात्वयिक मठमन्दिरहरुको पुनःनिमार्णमा सहयोग आग्रह गर्दै ती धरोहर अंकित तस्वीर समेत चुचुरोमा प्रदर्शन गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment