Comments Add Comment

भूकम्प पीडितका लागि ७० हजारको अन्तरिम घर !

२३ वैशाख, काठमाडौं । नेपालमा यतिबेला अन्तरिम संविधान छ । अब भूकम्प पीडितहरुका लागि ‘अन्तरिम घर’ बनाउन सकिने अर्को बहस सुरु भएको छ । भारतबाट ल्याइएका त्यस्ता अन्तरिम घरका नमूना बुधबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

चौधरी ग्रुपले भूकम्प पीडितहरुलाई १० हजार घरहरु निर्माण गरिदिने बुधबार घोषणा गरेको छ । सोही कार्याक्रममा भारतको बिहार, काश्मिर र लद्दाखमा बनाइएका अन्तरिम घरहरुको प्रदर्शन गरिएको हो । ती अन्तरिम घरहरु सस्तोमा बन्न सक्ने र भूकम्पबाट क्षति नहुने दाबी गरिएको छ ।

CG homes Victims (6)

भारतको सोसल इन्भाइरोमेन्ट एन्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स) इन्डियाले पाँच सय डलरदेखि हजार डलरसम्म अस्थाई घर बनाउन सकिने बताएको छ ।

भूकम्प पीडितको पुनर्बासका लागि चौधरी ग्रुपले निर्माण गर्न लागेको अस्थायी घरका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सिड्सले विभिन्न मोडलका घरहरु देखाएको थियो ।

सिड्सले प्रस्तुत गरेका विभिन्न मोडलमध्ये चौधरी ग्रुपले भूकम्प पीडितलाई ७ सय डलर अर्थात करिव ७० हजार रुपैयाँ लाग्ने घरहरु निर्माण गर्ने घोषणा गरेको छ । विपतका बेलामा भारतको बिहार र कास्मिरमा अस्थाई बसोबासका लागि यी घरहरु सफल सावित भएको दाबी गरिएको छ ।

स्थानीय स्तरमा पाइने बाँस, निगालो लगायतका सामाग्रीहरु प्रयोग गरी बनाइने यी घरहरुमा भूकम्प पीडितलाई पुर्नबास गर्न उपयुक्त हुने सिड्सकी प्रधिनिधि शिभाङ्गी चाभ्डाले बताइन् ।

House For Earth Quake victim (3)

तत्काल लाखौं परिवारलाई पुर्नवास गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र नेपालमा छोटो अवधिमै बनाउन सकिने यी घरहरु उपयुक्त हुन सक्छन् । यतिबेला लाखौं रकम खर्चेर पाल बाँडे पनि यो केही दिनका लागिमात्रै समाधान हुन सक्छ । त्रिपालले मात्रै वर्षायाम झेल्न नसक्ने पक्का पक्की छ ।

तर, दाताहरुको सहयोग उपयोग गरी ५० हजारमा अस्थाई घर निर्माण गरिदिएमा दीर्घकालीन बसोबासको व्यवस्था नहुँदासम्म पीडितहरुले राहत पाउने विज्ञहरु बताउँछन् । विभिन्न देशमा प्राकृतिक विपत्तीबाट घरबास गुमाउनेहरुलाई यस्तै घरहरु निर्माण गरेर पुर्नबासको व्यवस्था गरिँदै आएको छ ।

भूकम्पका कारण बाक्लो बस्ती भएका ठाउँका घरहरु धेरै भत्किएका छन् । यस्ता ठाउँमा सिड्सले प्रस्तुत गरेका घरहरु निकै उपयुक्त हुन सक्छन् । स्थानिय जनशक्ती प्रयोग गरेर घरहरु निर्माण गरेमा लागत घट्नसक्ने देखिन्छ । भूकम्पले नेपालमा धेरै मानिसलाई पुर्नबासको व्यवस्था गर्नुपर्ने छ । यही कुरालाई मध्यनजर गर्दै सिड्सले उपयुक्त घरहरुको मोडल प्रस्तुत गरेको हो ।

House For Earth Quake victim (2)

गत शनिबार गएको भूकम्पले मुलुकमा चार लाख परिवार घरबासविहीन भएका छन् । पीडितलाई अस्थाई बासोबासका लागि सरकार तथा दाताहरु लाखौं खर्च गरेर पाल बाँडिरहेका छन् ।

पीडितहरु सरकारसँग पालको भए पनि ओतको व्यवस्था गरिदिन अपिल गरिरहेका छन् । यही बेलामा भारतको गैरनाफामुखी संस्थाले ५० हजारमै आकर्षक खालको अस्थाई घर बनाउन सकिने बताएको छ ।

नेपालमै बन्न सक्छ सस्तोमा घर

७० हजारमा अन्तरिम घर बनाउन सकिने सीड्सले दाबी गरे पनि नेपालको आफ्नो परम्परागत प्रविधिमा पनि एक वर्ष धान्न सकिने घर हाम्रा स्थानीय डकर्मीहरुले पनि बनाउन सक्छन् ।

बाँसका चित्राले बारेको छानोमा ल्पाष्टिक प्रयोग गर्ने हो भने त्यो त्रिपाल भन्दा पनि टिकाऊ हुन सक्छ । त्यसैले सरकारले त्रिपाल बाँड्नुभन्दा चित्रा बनाउने र त्यसमा प्लाष्टिक किन्न खर्च दिने हो भने नेपाली आफैंले यस्ता छाप्राहरु बनाउन सक्छन् ।

त्यसैगरी गहुँको छानो लगाएर बनाइने गोठ पनि सस्तोमा एक वर्ष धान्ने प्रविधि नेपालको घरेलु परम्परागत ज्ञान हो । यसबा लागि यतिबेला तराईमा पाकेको गहुँको नल पहाडमा सप्लाई गर्ने अभियान चलाउन सकिन्छ । पहाडमा रहेको बाँसलाई सदुपयोग गर्न सकिन्छ ।

राष्ट्रिय योजना आयोगका अधिकारीहरुले पनि त्रिपालले वर्षायाम नधान्ने भएकाले अस्थायी छाप्राहरु बनाउन पीडितलाई सहायता गर्नेबारे छलफल सुरु भएको बताएका छन् ।

यो पनि पढ्नुस्

भूकम्प पीडितलाई ४० हजारमै नयाँ घर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment