Comments Add Comment

प्रहरीको सवार्धिक खोजीमा रहेका मण्डेला फाईरिङ गर्दै भागे

रविन भट्टराई

२६ वैशाख, ताप्लेजुङ । प्रहरीको सर्वाधिक खोजीको सुचीमा रहेका ताप्लेजुङका एक व्यक्ति प्रहरी घेरालाई तोड्दै भागेका छन् । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङ सावा दुईका मण्डेला लिम्बू प्रहरीलाई नै गोली प्रहार गर्दै भागेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

फुङलिङबाट एक दिनको पैदल दुरीमा रहेको सावा गाविसमा पुगेको प्रहरीले बिहान ५ बजे नै मण्डेलाको घर घेरेको
थियो । घर घेरेको सुइँको पाएका मण्डेला फायरिङ गर्दै घरको माथिल्लो तलाबाट फाल हानेर भागेको प्रहरीले जनाएको छ ।

पक्राउका लागि पटक पटक गरिएको प्रयास विफल भएको प्रहरीले जनाएको छ ।  मण्डेलाले गाउँमा हिंसा आतंक मच्चाएर गोठतिर भाग्ने गरेको स्थानीयको गुनासो छ ।

लिम्बुले  स्थानीय राम तामाङको २०६६ साल माघ १५ गते विवाह भोजमा हत्या गरेका थिए । उक्त हत्यामा दोषी रहेको अदालतले ठहर गरेपनि उनलाई पक्राउ गर्न सकिएको छैन् । भौगोलिक विकटताका कारण उनलाई पक्राउ गर्न नसकिएपनि नयाँ तरिकाबाट चाँडैनै पक्राउ गर्ने उपरिक्षक कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment