Comments Add Comment

बार्सिलोना ला लिगाको उपाधि नजिक

Pedro

२७ वैशाख, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–० ले पराजित गरेको छ ।

दोस्रो स्थानमा रहेको रियल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिँदा बार्सिलोनालाई फाइदा भएको छ । अब बार्सिलोनालाई  उपाधिका लागि एक जित भए पुग्छ ।

सोसिडाडले बार्सिलोनालाई पहिलो हाफ गोलरहित बराबरीमा रोक्यो । तर, ५१ औं मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा पेड्रोले बाइसाइकल किकमा उत्कृष्ट गोल गर्दै जित सुनिश्चित गरे ।

जितपछि बार्सिलोनाको ३६ खेलबाट ९० अंक भएको छ र लिगमा दुई खेल खेल्न बाँकी छ । दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ८६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment