Comments Add Comment

चेन्नईलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा 

chenai
मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग त्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वालिफायरमा चेन्नई सुपर किंग्सलाई २५ रनले हराउँदै मुम्बईले फाइनलमा स्थान बनाएको हो ।

पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो । उसका लागि लेन्डल सिमोन्सले ६५ रनको महत्वपूर्ण पारी खेले भने पार्थिव पटेलले ३५ रन बनाए । सिमोन्स र पटेलले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । किरण पोलार्डले १७ बलमा ४१ रन बनाए । ड्वेन ब्राभोले ३ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको चेन्नई १९ ओभरमा १६२ रन जोड्दा अलआउट भयो । मुम्बईका बलरहरु चम्किएपछि चेन्नईको ब्याटिङ धरासायी बन्यो ।

लासिथ मालिंगाले चेन्नईलाई सुरुवाती झड्का दिए । टीमले खाता नखोल्दै ड्वेन स्मीथ शुन्यमै आउट भए । माइकल हसी पनि १६ र सुरेश रैना २५ रनमै आउट भए ।

 हरभजन सिंहले कप्तान महेन्द्र सिंह धोनीलाई पहिलो बलमा नै पभेलियनको बाटो देखाएपछि चेन्नईले ८६ रन जोड्दा चार विकेट गुमाइसकेको थियो ।

चेन्नईका लागि फाफ डुप्लेसिसले ४५ रन बनाए । आर आश्विनले २३, ब्राभोले २० र रविन्द्र जडेजाले १९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

मुम्बईका मालिंगाले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए । हरभजन सिंह र विनयकुमारले समान २-२ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment